बालबालिकाका अनेक मनोवैज्ञानिक समस्या

ओम बानियाँ / शनिबार, पुस २१, २०७५

मानिस मन र शरीरको संयुक्त रुप हो । त्यसैले मानिसका रोगहरू शारीरिक पनि हुन सक्छन्, मानसिक पनि हुन सक्छन् ।

तर अधिकांश रोगहरू मनोवैज्ञानिक कारणले पैदा हुन्छन् । यस्ता कतिपय रोगहरू बुढेस्कालमा देखा पर्छन् भने कुनै रोगहरू युवाकालमा देखा पर्छन् ।

बाल्यकालमा नै देखा पर्ने रोगहरू पनि प्रशस्त हुन्छन् । कतिपय यस्ता रोगहरू मानिसले जन्मिदै लिएर आएका हुन्छन् ।

यस्तै एक मानसिक रोग हो, लर्निङ डिसअर्डर, जुन रोग बालबालिकाले पढाइलेखाइ शुरु गर्दा पढाइलेखाइमा कठिनाइ उत्पन्न भई प्रकाशमा आउँछ ।

तर बालबालिकाको यो मनोवैज्ञानिक समस्यालाई स्वास्थ्य र शिक्षाको कमीले गर्दा नेपालमा पूर्णतया नजर अन्दाज गरिदै आइएको छ र केही अपवादलाई छोडेर यसको निदान र उपचार खोजिएको पाइँदैन ।

र, यस्ता विद्यार्थीलाई ‘कमजोर, बुद्दु तथा गोवरगणेश आदिको उपनामले सम्बोधन गरेको पाइन्छ । शिक्षक, सहपाठी, आमाबाबा तथा आफन्तहरूको यस्तो व्यवहारले गर्दा यस्ता बालबालिकाहरूमा अन्य मनोवैज्ञानिक समस्याहरू पनि थपिँदै जान्छन् ।

के हो लर्निङ डिसअर्डर ?
डायगोनोस्टिक एण्ड स्टैटिस्टीक मैनुअल (डीएसएम–फोर–टीआर)का अनुसार बालबालिकाको पढ्ने, गाणित हल गर्ने तथा लेख्ने क्षमता यदि सो उमेर समÒहका बालबालिकाको भन्दा, उसको बुद्धिमत्ता तथा शैक्षिक स्तरता भन्दा कम भयो भने त्यसलाई लर्निङ डिसअर्डर (सिकाइ विकृति) भनिन्छ ।

यो समस्याले बालबालिकाको शैक्षिक उपलब्धीका साथै लेख्ने, पढ्ने तथा गणितीय समस्या समाधानस“ग सम्बन्धित दैनिक क्रियाकलापहरूमा समेत प्रत्यक्ष प्रभाव पार्दछ ।

तर सेन्सरि डिफिसिट्स (जस्तै कान तथा आ“खा आदिको समस्या)बाट उत्पन्न भएको पढाइलेखाइ सम्बन्धित समस्यालाई लर्निङ डिसअर्डर अन्तर्गत राखिदैन ।

यदि लर्निङ डिसअर्डर भएका बालबालिकामा अन्य समस्याहरू जस्तै सेन्सरि डिफिसिट्स छ भने समस्या झन् बढी गंभिर भएको हुनुपर्छ ।

लर्निङ डिसअर्डरलाई पहिला शैक्षिक दक्षता विकार (एकाडेमिक स्किल्स डिसअर्डर) भन्ने गरिन्थ्यो । यो रोग सिकाइ असक्षमता (लर्निड्ड डिस्एबेलिटिज)को एक प्रमुख प्रकार हो ।

नेपालमा ५ देखि १० प्रतिशत स्कुले बालबालिका यस विकृतिबाट पीडित भएको अनुमान गर्न सकिन्छ ।

तसर्थ एक हजार विद्यार्थी भएको माध्यमिक विद्यालयमा कम्तिमा पनि ५० देखि १०० जना विद्यार्थी सिकाइ विकृतिबाट पीडित हुन सक्ने सम्भावना छ । एसएलसी परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण हुनुमा यस विकृति पनि एक हो ।

बुद्धिबल (नाम परिवर्तन) १८ वर्षका युवक हुन् । उनी सानैदेखि पढाइलेखाइमा निकै कमजोर थिए ।

पढाइलेखाइमा उनको पटक्कै रुचि थिएन । उनका अक्षर र लेखाइ पनि निकै नराम्रो र फोहोर थिए ।

बल्लतल्ल उनले ८ कक्षा उत्तिर्ण गरे । तर ९ कक्षा पढ्दा पढ्दै उनले स्कÒल छोडे । विगत ४ वर्षदेखि उनी निठल्ल घरमा बस्छन् । टीभी हेरेर तथा संगीत सुनेर दिन काट्छन् ।

साथीसंगीहरूसँग खेल्न तथा घुम्न पनि हिड्दैनन् । साथीको सल्लाहमा उनका बाले उनलाई ओपन स्कÒलको परीक्षा दिलाउन भर्ना पनि गरिदिए, तर उनले परीक्षा नै दिएनन् ।

छोराको व्यवहार देखेर आजित भएका उनका बाआमाले केही महिना अगाडि परामर्शका लागि मनोवैज्ञानिककहा“ लिएर गए ।

मनोवैज्ञानिक परीक्षणबाट उनी लर्निङ डिसअर्डरको समस्याबाट पीडित भएको र यसै कारणले उनले पढाइ छोडेको खुल्न आयो ।

मानसिक मन्दता (मानसिक दुर्वलता) मा देखा पर्ने बौद्धिकताको कमीले बालबालबालिको सम्पÒर्ण कग्निटिभ प्रक्रियालाई नै प्रभावित गर्छ, जवकि लर्निड्ड डिसअर्डरले कुनै विशिष्ट सीप वा सक्षमतामा कठिनाइ पैदा गर्छ ।

जस्तो कि कुनै बालक गणितको समस्या हल गर्न तथा संगीत सिक्ने कार्यमा निकै अब्बल देखिन्छ भने उसलाई किताब पढ्न निकै कठिनाइ पर्न सक्छ ।

यसै गरी कुनै बालिकाले राम्रोस“ग धाराप्रवाहमा पढ्न तथा लेख्न सक्छिन्, तर उनलाई गणितको प्रश्न हल गर्न निकै कठिनाइ पर्न सक्दछ ।

अतः बालबालिकाले कुनै एक क्षेत्रमा कम उपलब्धी हासिल गर्ने, तर अन्य क्षेत्रहरूमा भने औसत वा उल्लेखनिय उपलब्धी हासिल गर्ने खालका छन् भने यस्ता बालबालिकामा लर्निड्ड डिसअर्डरको संभावना रहन्छ ।

लर्निड्ड डिसअर्डरको दुष्परिणामः
लर्निड्ड डिसअर्डरले बालबालिकाको पढाइलेखाइ चौपट बनाउनुकोसाथै निम्नलिखित दुष्परिणामहरू पैदा गर्न सक्दछः (क.) आत्मविश्वासमा कमी हुनु । (ख.) सामाजिक दक्षतामा कमी आउनु । (ग.) विद्यालय छोड्नु । यो समस्याबाट पीडित ४० प्रतिशत बालबालिकाले बुद्धिबललेझैं बीचमै पढाइ छोड्छन् । (घ.) रोजगार र सामाजिक जीवनमा कठिनाइ पर्नु । यो समस्याबाट पीडित भएका युवालाई रोजगारी र सामाजिक सहभागितामा ठÒलो कठिनाइ देखा पर्छ । (ङ) दुश्चिंता र डिप्रेसनको समस्या पैदा हुनु । (च.) नÒर गिर्नु, आफुलाई बुद्दÒ ठान्नु ।

लर्निड्ड डिसअर्डरको प्रकारः
लर्निड्ड डिसअर्डर अनेक प्रकारका हुन सक्छन् । तर डीएसएम–फोर–टीआरले लर्निङ डिसअर्डरलाई निम्न चार वर्गमा वर्गिकरण गरेको छ । ती हुन्ः

पठन विकृति (रिडिड्ड डिसअर्डर)
साधारण अर्थमा पठनपाठनस“ग सम्बन्धित कठिनाइलाई पठन विकृति भनिन्छ । तर डीएसएम–फोर–टीआरले यसको आधिकारिक परिभाषा दिएको छ ।

डीएसएमका अनुसार पठन (शुद्ध र उपयुक्त गतिमा पढ्ने) क्षमता सोही उमेर समÒहका बालबालिका भन्दा निकै कम देखियो भने पठन विकृति भनिन्छ ।

र, यस्तो समस्याले बालबालिकाको शैक्षिक उपलब्धी तथा पठनपाठनस“ग सम्बन्धित दैनिक क्रियाकलापहरू प्रभाव पारेको हुनुपर्छ ।

रिडिड्ड डिसअर्डरको उदाहरण हो, डिस्लेक्सिया । यस समस्यास“गै म्याथमेटिक्स डिसअर्डर तथा राइटिंग डिसअर्डर समेत देखा पर्न सक्दछ ।

वास्तवमा यस समस्यासँगै गणितको समस्या वा लेखन समस्या मध्य कुनै एक नदेखिनु दुर्लभ मानिन्छ ।

लर्निड्ड डिसअर्डरका पाँच जना रोगी मध्य चार जना यस समस्याबाट पीडित हुन्छन् । डिस्लेक्टिक बालबालिका कस्ता हुन्छन् भन्ने जानकारीका लागि हिन्दी फिल्म तारे जमीन पर हेर्न सकिन्छ ।

गणित विकृति (म्याथमेटिक्स डिसअर्डर)
बालबालिकामा गणित हल गर्ने क्षमता सोही उमेर समÒहका बालबालिका भन्दा कम छ भने त्यसलाई गणित विकृति (म्याथमेटिक्स डिसअर्डर) भनिन्छ ।

र, यस्तो समस्याले बालबालिकाको शैक्षिक उपलब्धी तथा हिसाबकिताबस“ग सम्बन्धित दैनिक क्रियाकलापहरू समेत प्रभाव पारेको हुन्छ । यो समस्या प्रायः पठन विकृति तथा लेखन विकृतिसँगै देखा पर्छ ।

यस समस्यालाई मेडिकल भाषामा ‘डिसक्यालकुलिया’ भनिन्छ । स्मृति सानैदेखि नै गणितमा निकै कमजोर थिइन् ।

शिक्षक तथा उनका आमाबाले बिस्तारै–बिस्तारै, उमेर बढ्दै गएपछि, उनले गणितमा सुधार ल्याउने अनुमान गरेका थिए ।

उनको गणित राम्रो गर्न घरमा नै ट्युटर राखेर पढाउ“दै आएका थिए । तर कक्षा तीनको त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक तीनै परीक्षामा स्मृति गणितमा निकै कम अंक ल्याएर अनुत्तीर्ण भइन् ।

स्मृतिका गणित शिक्षकले उनका बालाई बोलाएर उनको मनोवैज्ञानिक परीक्षणको लागि सिफारिश गरे ।

मनोवैज्ञानिक सेवा केन्द्रमा स्कुल न्युरोसाइकोलोजिष्टद्वारा स्मृतिको लर्निड्ड डिसअर्डर परीक्षण भयो ।

तर स्मृतिको आई.क्यु. ११२ आयो । यसले स्मृति एक श्रेष्ठ आईक्युवाला विद्यार्थी भएको देखियो ।

तर उनको गणितको उपलब्धी परीक्षण अंक भने निकै कम देखियो । आईक्यु र गणितको उपलब्धी परीक्षण अंक बीचको यो ठÒलो फरकले गर्दा न्युरोसाइकोलोजिष्टले स्मृति डिसक्यालकुलिया, गणित सम्बन्धि सिकाई विकृतिबाट ग्रस्त भएको निचोड निकाले ।

लेखन विकृति (राइटिंग डिसअर्डर)ः
यस समस्याबाट ग्रस्त बालबालिकाले लेख्ने क्रममा शुद्धाशुद्धिमा प्रशस्त गल्ति गर्छन् । हिज्जे तथा क्रम आदि मिलाउ“दैनन् ।

निकै भद्धा र नराम्रो लेख्छन् । यस समस्यालाई मेडिकल भाषामा ‘डिसग्राफिया’ भनिन्छ ।

अन्य सिकाइ विकृति (अदर लर्निङ डिसअर्डर)ः
यस अन्तर्गत उपर्युक्त तीन वर्गमा नपरेका सिकाइ विकृति पर्छन् । तर मेडिकल कारणले गर्दा पैदा भएको सिकाइ समस्यालाई यस वर्गमा समावेश गरिदैन ।

लर्निड्ड डिसअर्डरको कारणः
लर्निड्ड डिसअर्डरका विभिन्न कारणहरू हुन सक्छन् । तर यसको प्रमुख कारण जैविक हो ।

जैविक कारणले लर्निड्ड डिसअर्डर पैदा हुने भएता पनि मनोवैज्ञानिक कारणहरूले यसलाई जटिल मानसिक रोग बनाइदिएको हुन्छ ।

एडीएचडीबाट पीडित ७० प्रतिशत बालबालिकामा पनि लर्निड्ड डिसअर्डर देखा पर्छ ।

लर्निड्ड डिसअर्डरबाट पीडित अधिकांश बालबालिका दुश्चिंता तथा डिप्रेसनको अनुभव गर्छन् र, आफुलाई बुद्ध र अक्षम ठान्छन् ।

साधारणतया यो समस्या भएका बालबालिका र सामान्य बालबालिकामा कुनै फरक देखिदैन, बालबालिकालाई हेरेर यो समस्या पहिचान गर्न सकि“दैन ।

लर्निड्ड डिसअर्डरकोे उपचारः
लर्निड्ड डिसअर्डरको उपचार औषधिबाट हु“दैन । तर एडीएचडीसँगै लर्निड्ड डिसअर्डर पनि देखिएको छ भने यस्ता बालबालिकालाई दिने औषधि भनेको रिटालिन(मेथिल्फेनिडैट) हो ।

तर, यस्ता समस्याका लागि साइकोथेरापी तथा मनोवैज्ञानिक शिक्षा निकै उपयोगी हुन सक्छ ।

जस्तो कि म्याथमेटिक्स डिसअर्डरबाट पीडित बालबालिकाका लागि फ्ल्यास कार्ड, वर्ड बुक्स तथा कम्प्युटर ग्याम्स आदि प्रभावकारी मानिन्छन् ।

यसैगरी यस्ता बालबालिकालाई केवल गणना मात्र नसिकाएर समस्या समाधानमÒलक प्रश्नहरू हल गर्न लगाइन्छ ।

रिडिङ डिसअर्डरको समस्या भएका बालबालिकाहरूलाई रिडिङ इनस्ट्रक्सन प्रोग्राम जस्तै ओर्टोन गिलिंगहम एण्ड डिस्टार टेक्निक, मेरिल प्रोग्राम तथा एस आर ए रिडिङ प्रोग्राम आदि उपयोगी मानिन्छन् ।

यसका साथै बिहाभियर थेरापी, कग्निटिभ थेरापी तथा कग्निटिभ बिहाभियर थेरापी जस्ता साइकोथेरापीकबाट यस्ता विकृतिबाट पीडित बालबालिकाको शैक्षिक स्तर सुधार्न सकिन्छ ।

अन्तमा यदि बालबालिकाहरू पढाइलेखाइमा निकै कमजोर छन् । खासगरी पढ्ने, लेख्ने तथा गणीत हल गर्ने सवालमा अन्य बालबालिका भन्दा निकै पछाडि परेका छन् भने यसको कारण लर्निड्ड डिसअर्डर पनि हुन सक्छ ।

तसर्थ समयमा नै मनोवैज्ञानिक वा मनोचिकित्ससँग सम्र्पक गरेर यसको उचित निदान खोज्नु ठीक हुन्छ ।

खुसीको कुरा के भने बालबालिकाहरूमा देखिने यस्ता अधिकांश मनोवैज्ञानिक समस्याको समाधान गर्न सकिन्छ ।

शुरुमा नै प्रभावकारी चिकित्सा उपलब्ध गराइएको खण्डमा यस्ता बालबालिकाले बुद्धिबलको जस्तो निहति बेर्होनु पर्दैन ।