यी फाइदाजनक चीज, तर खाली पेटमा खानै हुन्न


शनिबार, पुस २१, २०७५

यी फाइदाजनक चीज, तर खाली पेटमा खानै हुन्न

काठमाडौँ – हामीले स्वस्थ रहनका लागि आफ्नो खानपानमा विशेष ध्यान दिन आवश्यक रहन्छ । कुन समयमा के खाने र के नखाने भन्ने कुरा स्वस्थकर जीवनका लागि अति नै महत्वपूर्ण हुन्छ । सही समयमा सही चिजहरुको सेवनले हाम्रो शरीर स्वस्थ र फिट रहन्छ ।

कुनै पनि खाना टाईमिंगमा निर्भर रहन्छ र शरीरले पनि त्यतीबेला साथ दिन्छ जतिबेला ति चिजहरुलाई सही समयमा ग्रहण गरिन्छ ।

उदाहरणका लागि कुनै खानेकुरा स्वस्थ हुन सक्छ तर गतल समयमा त्यसलाई खाइयो भने शरीरलाई नकारात्मक असर पनि पर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

केही चिजहरु खाली पेटमा खानु हितकर नभई हानिकारक हुन सक्छ ।

टमाटर
यसमा कुनै शंका छैन कि टमाटरमा भिटामिन र एन्टिअंक्डिेन्ट भरपूर मात्रामा रहेको हुन्छ । तर जब हामीले यसलाई खाली पेटमा खायौँ भने यसको एसिडिकका कारण पेटमा नकारत्मक असर पर्न जान्छ । यसले पेटमा चाहिनेभन्दा धेरै दबाब दिन्छ र जसले गर्दा पेट दुख्ने समस्या हुन सक्छ । अल्सरबाट पीडितहरुका लागि खाली पेटमा टमाटरको सेवन खतरनाक हुन सक्छ ।

अमिलो फल
अमिलो फल जस्तै सुन्तला, अंगुर, अमिलो जस्ता भिटामिन सी, फाइबर र एन्टिअंक्डिेन्ट पाइने फलहरु बिहान खाली पेटमा खाएमा पेट दुख्ने समस्या हुन सक्छ ।

पफ, पेस्ट्री
बिहान ब्रेकफास्टमा पेस्ट्री राम्रो विकल्प हुन सक्छ तर खाली पेटमा यो खानु हुँदैन । यसमा एक किसिमको ढुसी रहेको हुन्छ जसले खाली पेटमा हामीलाई दुःख दिन सक्छ ।

पेय पदार्थ
पेय पदार्थ त शरीरका लागि त्यती लाभदायक मानिँदैन त्यसमा पिनि बिहान खाली पेटको सेवन त अझै खतरनाक हुने विज्ञहरु बताउँछन् । बिहान उठ्ने बित्तिकै कार्बोनेटेड ड्रिक्सको सेवनले क्यान्सर तथा मुटुका बिरामीहरुको खतरा पनि बढाउँछ ।

चिया/कफी

बिहान खाली पेटमा चिया/कफीको सेवन पनि स्वास्थ्यका लागि लाभदायक छैन । खाली पेटमा चिया/कफी पिउँदा कब्जियतको समस्या बढ्न सक्छ । यसले पाचन प्रक्रियामा पनि असजिलो पैदा गर्न सक्छ । खाली पेटमा पानीको सेवन भने राम्रो रहेको चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति : शनिबार, पुस २१, २०७५ , १०:३७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology