फेसबुक म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम मर्ज हुँदै, कुरा गर्न थप सजिलो हुने


शनिबार, माघ १२, २०७५

फेसबुक म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम मर्ज हुँदै, कुरा गर्न थप सजिलो हुने

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ ।

तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने अवस्था सिर्जनको तयारीमा फेसबुक छ । यसको अर्थ तीनवटै माध्यमबाट जुन कुनैमा म्यासेज गर्न र हेर्न मिल्छ ।

अर्थात इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने योजनामा फेसबुक छ । यो लामो प्रक्रिया रहेको र अहिले सुरुवाति चरणमा रहेको फेसबुकले बताएको बिबिसीले उल्लेख गरेको छ ।

यसबारेको खबर सबै भन्दा पहिले न्युयोर्क टाइम्समा आएको थियो र यसलाई फेसबुकका संस्थापक मार्क जुकरबर्गको योजनाका रुपमा लिइएको छ ।

मर्जरको प्रक्रिया पूरा भएपछि फेसबुक म्यासेन्जरमा रहेको व्यक्तिले वाट्सएपमा मात्रै रहेको व्यक्तिसँग सीधा म्यासेज गर्न वा संवाद गर्न सक्ने छ । यस्तै इन्स्टाग्रामको सवालमा पनि हुनेछ । यो प्रक्रिया भाइस–भर्सा हुनेछ । अहिले यो सम्भाव छैन ।

प्रकाशित मिति : शनिबार, माघ १२, २०७५ , ८:०१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology