सलुनको दुनियाँमा नयाँ प्रयोग : बुटवलको निल डेभिड


बुधबार, माघ २३, २०७५

सलुनको दुनियाँमा नयाँ प्रयोग : बुटवलको निल डेभिड

बुटवल । महिला र पुरुषको हेयर काम गर्ने निल डेभिड सलुन नेपालकै पहिलो युनिसेक्स सलुन हो । यस सलुन बुटवलमा ०७३/४/११ गते स्थापना भई भारतमा गएर ५० भन्दा बढी शाखा विस्तार गरेको छ । यसको शाखा नेपालमा मात्र १० भन्दा बढी स्थानमा सञ्चालनमा रहेका छन् ।

यहाँ महिला/पुरुष दुबैको हेयर कट देखि लिएर सम्पूर्ण श्रृङगारका कामहरु एकै ठाँउमा एकै समयमा हुने गर्छ । यो एक अन्तरराष्ट्रियस्तरको ब्राण्ड हो ।
यसको बुटवलस्थित शाखाका प्रमुख मोहन ठाकुरसँग यो सलुन र यसको बजारका बारेमा पुजा पन्थीले गरेको कुराकानी ।


सलुन सञ्चालन गर्ने सोच कसरी आयो ?
रुपन्देही क्षेत्र भनेको व्यापारिक क्षेत्र हो । यो ठाउँमा यस्तो खालको व्यवसाय आवश्यक भएको महशुस मैले गरे । म प्राय बाहिरी ठाउँहरु घुम्न गई रहन्थे । दिल्ली, काठमाडौतिर गएको समयमा त्यहाँ यो व्यवसाय फस्टाएको देख्दा बुटवलमा पनि यो गर्न सकिन्छ भन्ने सोचका साथ यो खोल्ने निर्णय गरे ।

कति लगानी छ ? दैनिक आम्दानी र नाफा कस्तो छ ?
एकल लगानीमा सञ्चालन गरिरहेको छु । सुरुमा १५ लाख लगानीबाट सुरु गरेको थिए । अहिले सम्म आईपुग्दा ५० लाख कटेको छ । दैनिक आम्दानी सन्तोषजनक नै छ ।

बुटवलको बजारको प्रतिक्रिया कस्तो पाउनुभयो ?
समाज आधुनिकता तर्फ बढिरहेको छ । सँग–सँगै अहिलेका उपभोक्ताले गुणस्तर खोज्न थालेका छन् ।

फेरि यो सरसफाई सँग मात्र सम्बन्धित नभएर फेसन, व्यक्तित्व सम्पन्नता जस्ता आदि कुराहरु सँग जोडिन लागेको छ ।

फेरि पश्चिम नेपालकै मुटु मानिने बुटवल शहरमा जता हेरेपनि परम्परागत ढ्ङगले र अब्यवस्थित तरिकाले सलुनहरु सञ्चालनमा रहेका कारण अबको ट्रेन्डमा केही नयाँ र पृथक फेसन, मेकअप र हेयर कट हुन जरुरी साथै स्वास्थ्य सँग पनि यो सम्बन्धित हुँदा यस्को आवश्यक छ ।

सलुनहरु त धेरै छन्, यहाँको सेवामा के फरक छ ?
हो वास्तवमा सलुनहरु धेरै नै छन् । तर सबै एकै किसिमका छन् । महिलाको सेवाका लागि महिला सलुन र पुरुषको लागि पुरुष सलुन । त्यो पनि एकदमै परम्परागत ढंग र पुरानो शैलीमा सेवा दिईरहेका छन् ।

तर हाम्रोमा भने महिला, पुरुष र बालबालिकाहरुले एकै ठाँउमा, एकै समयमा, एकैचोटी सेवा लिन सक्छन् । सँग–सँगै स्वास्थ्यका हिसाबले सरसफाईलाई ध्यानमा राखेर काम गछौ र एकिकृत सेवा पनि दिदै आएका छौ ।

साथै यस सलुनको अर्का विशेषता हेयर कट, फेसियल, मेनिकियर, पेडिकियर, किलिजिङ, केराटिन, स्ट्रेनिङ, स्मुथनिङ लगायतका सेवाहरु एकै ठाउँबाट लिन सक्छन् ।
यस सलुनमा आउनेहरु पहिले–पहिले एकै परिवारका सदस्य फरक–फरक सलुनहरुमा जाने र एउटैमा केही काम नहुने भएमा पनि जाने नहुने सोच राख्थे जुन भ्रमलाई निल डेभिडले चिरेको छ । अहिले यहाँ आउनेहरु एकै ठाँउमा सबै सेवा सुविधा पाउँदा खुसी छन् ।

अन्यत्र भन्दा महङगो छ भन्ने जनगुनासो छ नि ?
यो एउटा भ्रम मात्र हो । यहाँको सेवालाई अन्यत्र सलुनहरु सँग दाजेर हेर्नुभो भने सामान्य नै पाउनुहुने छ ।

यो व्यवसायको बजार कस्तो छ ? सञ्चालकलाई मात्र फाइदा छ कि यहाँका कामदारहरुलाई पनि ?
यसको बजार धेरै राम्रो छ । सञ्चालकलाई त फाइदा छ नै साथै कामदारहरुलाई पनि निश्चित रुपमा फाइदा नै छ ।

यसले एउटा त युवाहरुलाई बेरोजगार रहन पर्दैन र अर्को कुरा कामदारको क्षमता अनुसार अन्य सलुनमा पाउने रकम भन्दा यहाँ धेरै राम्रो र फाईदा छ । साथै यहाँ आउने ग्राहकहरुका तारिफले उनीहरुलाई यो कामप्रति उर्जा पनि मिल्ने गरेको छ ।

तपाईले जस्तै गरी अरु कसैले यो व्यवसाय सञ्चालन गर्न चाहेमा के सुझाव दिनुहुन्छ ?
म त धेरै खुसीका साथ ढुक्क तरिकाले यो व्यवसाय गर्नुस् भन्छु । तर यो व्यवसाय सुरु गर्नुभन्दा पहिले यी ४ कुराहरुमा निकै ध्यान पु¥याउनु पर्ने हुन्छ ।
– दक्ष जनशक्ति
– लगानी
– उपयुक्त स्थान
– अनुभव
यी कुराहरुमा ध्यान दिएर व्यवसाय गर्ने हो भने सरल र सहज तरिकाले अगाडि बढाउन सकिन्छ ।

लगानी कति लाग्छ ?
सलुनको स्ट्रक्चर हेरेर मात्र लगानीको निर्धारण हुन्छ । सामान्य रुपमा हेर्ने हो भने कम्तिमा पनि २०÷२५ लाख देखि लिएर ५०÷६० लाख सम्म भेट्छ । अब यति महङ्गो किन भन्ने कुरा आउँला ।

यो व्यवसाय गुणस्तरमा केन्द्रित हुनुपर्छ । अनि व्यवसायमा प्रयोग गरिने औजारहरु देखि लिएर सौन्दर्य सामग्रीहरु गुणस्तरीय हुनुपर्ने भएकाले महंगो हुन्छ ।

प्रकाशित मिति : बुधबार, माघ २३, २०७५ , ९:४६ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology