गरुडामा नेकपाकाे आमसभा शुरु, फाेटाे


शनिबार, फाल्गुन २५, २०७५

गरुडामा नेकपाकाे आमसभा शुरु, फाेटाे

राैतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे गरुडामा आयोजना कार्यक्रम शुरु भएको छ।

कार्यक्रम स्थल गरुडामा प्रदेश २ र राैतहटका विभिन्न क्षेत्रबाट नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तक र जनता आउने क्रम जारी रहेको छ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बाेधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा सहभागी हुन नेकपाका अध्यक्षद्वय र नेताहरू हेलिकप्टरबाट कार्यक्रमस्थल आउन लागेका छन्।

सभाकाे सुरुवात विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरेर भएको छ।

निर्वाचन र पार्टी एकतापछि नेकपा पहिलोपटक मधेसमा आमसभा गर्न गइरहेको छ। कार्यक्रमकाे सुरक्षाका लागि ठूलाे संख्यामा सुरक्षा निकायकाे परिचालन गरिएको छ।

हेरौँ तस्बीरहरु


तस्बीरहरु थाहा नेटवर्ककाे सहयाेगमा

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५ , २:१८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology