न्युजिल्याण्ड आक्रमणमा ४० जनाको मृत्युः प्रधानमन्त्री

जनता टुडे / शुक्रबार, चैत्र १, २०७५

न्युजिल्याण्डमा शुक्रबार बिहान भएको क्राइस्टचर्च आक्रमणमा ४० जनाको ज्यान गएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्नका अनुसार क्राइस्टचर्च हमलामा ४० जनाको ज्यान गएको हो ।

उनले यो घटनामा एक महिला समेत गरि चार जना पक्राउ परिसकेको जानकारी पनि दिएकी छन् ।

प्रधानमन्त्री आर्डर्नले भनेकि छन् ‘क्राइस्टचर्च यी पीडितहरुको घर थियो । धेरैले यहाँ जन्म लिएको नभएपनि न्युजिल्याण्ड उनीहरुको मन पर्ने देश थियो ।’

न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिन्डा आर्डर्न
यसअघि प्रधानमन्त्री आर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासको सबैभन्दा कालो दिन रहेको बताएकी थिइन् ।

हमला भएको शहरमा अझै पनि खतरा समाप्त भइ नसकेको प्रहरीले जनाएको छ ।