सरकारी अधिकारीहरु भन्छन्-डेंगुले प्रदेश ५ मा महामारीको रुप लिएको छैन


मङ्लबार, भदौ २४, २०७६

सरकारी अधिकारीहरु भन्छन्-डेंगुले प्रदेश ५ मा महामारीको रुप लिएको छैन

बुटवल । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबी गरेको छ ।

प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ सामान्य र बिगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरकारले दिने तथ्यांकमा पनि एकरुपता छैन ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक विकास मन्त्रालयका निमित्त सचिब थानेश्वर ज्ञवालीले बाहिर हल्ला पिटिएजस्तो भयावह अवस्था नरहेको दाबी गरे ।

उनले रोग नियन्त्रणका लागि प्रदेश सरकार लागि परेको जानकारी दिए । उनले सरकार लागिपरेको र यस्मा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरिरहेको दाबी गरे ।

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा विनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको उनले बताए ।
उनले प्रदेश ५ मा १ सय २६ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । डेंगुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उनले सुझाव समेत दिए । ब्यबहार परिबर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा गिरिको सुझाब छ ।

उनले हरेक दिन स्वास्थ्य निर्देशनालयले प्रदेशको डेंगुको तथ्यांक सार्बजनिक गरिने बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताए । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा खनालले जानकारी दिए ।

उनले किट अभाब भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयाबह अबस्था नरहेको दाबि गरे । ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह,स्वास्थ खानपान र उपचारपछि ठिक हुने बताए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताए । उनले सचेतना र खोज र नष्ट अभियान जारी राखिएको जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गरे । उनले बुटटवलका १९ वटै वडा,३०२ टोल,९५ वटा स्कुलमा अभियान चलाइएको बताए । उनले फगिङ् गर्ने अबस्था नरहेको जानकारी दिए ।

मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताए । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिए । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताए ।

उनले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताए । उनले डेंगुको प्रभाव सकिएपछि मात्रै सरकार जाग्ने गरेको भन्दै आफुहरुले नीजि अस्पतालमा गरेको उपचारको सरकारीपक्षले बेवास्ता गर्ने गरेको गुनासो गरे । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

प्रकाशित मिति : मङ्लबार, भदौ २४, २०७६ , ६:१५ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology