पहाडमा डेँगु संक्रमणका बिरामी


शुक्रबार, भदौ २७, २०७६

पहाडमा डेँगु संक्रमणका बिरामी

पाल्पा । पाल्पामा साउन र भदौ महिनामा १३ जनामा डेंगुका बिरामी भेटिएका छन ।
साउन महिनामा दुई जनामा मात्र डेंगु रोग देखिएको भएपनि भदौ महिना यसको संख्या बढेर १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

संक्रमित दुई जनाको पाल्पाको लम्बिनी मेडिकल कलेजमा उपचार भएको छ भने अन्य ११ जना उपचार पश्चात घर फर्किएका छन । बिरामीमध्ये अधिकांश महिला रहेका छन ।

संक्रमितहरु दुई जना गुल्मी जिल्लाका छन भने अन्य सबै पाल्पाकै रहेको लुम्बिनी मेडिकल कलेज प्रवासका सुचना अधिकारी कृष्ण पराजुलीले बताए । दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा डेंगु रागका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन नसक्दा रोगको बारेमा जानकारी हुन नसकेको स्थानीयहरु बताउँछन ।

पहाडी जिल्ला पाल्पामा पनि डेँगु रोगको बिरामी भएकाले बिरामी र स्थानीयमा त्रास फैलिएको छ । तर स्वास्थ्य कार्यालयले भने आत्तिइहाल्नु नपर्ने भएको जनाएको छ । यो रोगका बिरामी अस्पतालमा देखिएकाले पनि त्रास फैलिएको हो । गत साउन महिनामा दुई जना सीमित रहेको डेंगु रोगका कारण बिरामीको संख्या पाँच पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार विरामी हुनेहरुमा सबै जना महिला रहेका छन् ।

साउन महीना बिरामी हुनेहरुमा दुई जना तानसेनका स्थानीय बासिन्दा हुुन । तर उनीहरुको ठेगाना भने तानसेन मात्रै लेखिएको छ । यही भदौ महिनामा माथागढी गाउँपालिका–१, चिदीपानी, रम्भा गाउँपालिका–१ हुँगी र पूर्वखोला गाउँपालिका–१, सिलुवा का एक एक जना डेगुबाट विरामी परेका हुन । त्यसबाहेक अन्यत्रका पनि बिरामी छन् ।

डेंगुका बिरामीको पाल्पाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार भएको हो । तर उनीहरु उपचापछि विरामीको अवस्था सामान्य बनेको छ । अहिले उनीहरु उपचार गरेर घर फर्किसकेका छन् । गत वर्ष पाल्पामा सात जना विरामी परेको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ । तर सहज ढंगले भने सूचना पाउन सक्ने अवस्था छैन ।

रामपुर नगरपालिका क्षेत्रमा अत्यधिक लामखुट्टे लाग्छ । दुई साता यता तीन जनाको त्यस्तै लक्षण भएकाहरुको मृत्यु भएको छ । कतिपयलाई डेँगु लागेको आशंका पनि गरिएको छ । तर त्यसको पुष्टि भने हुन सकेको छैन ।
डेंगुका कारण विरामी भएकाहरु उपचारपछि सामान्य अवस्थामा आएको दाबी स्वास्थ्य कार्यालयको छ ।

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण डेँगु संक्रमण हुँदै आएको छ । यस रोगको लक्ष्मणहरु सूरुमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने समस्या हुन्छ । यस्तो प्रकारको लक्षण देखा परेमा स्वास्थ्य संस्थामा उपचार गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा डेगु रोग सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन हुन सकेको छैन । लुम्बिनी मेडिकल कलेजका अनुसार पछिल्लो समयमा भयावह रुपमा देखिएको डेँगु लक्षण देखिनासाथ किट प्रयोग गरिएको छ । तर अहिलेसम्म यस्तो समस्या र लक्षणबाट मृत्यु भएको भने नपाएको सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले बताए ।

डेँगु पहाडी जिल्लामा पनि बिस्तारै फैलिएको हो । छिमेकी जिल्लामा पनि यसका बिरामी देखिएका छन् । जसका कारण मानिसहरु यस रोगबाट ग्रस्त रहेपनि औषधि उपचारका लागि नआएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लामा विरामी हुनेहरु सबै जना महिला रहेका छन् । तानसेनको युनाइटेड मिसन अस्पताल, पाल्पा सरकारी अस्पताल, रामपुर अस्पताल साथै लुम्बिनी मेडिकल कलेजमा यसको उपचारका लागि किट व्यवस्थापन गरिएको छ ।

डेंगुका बिरामीको पाल्पाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रवासमा उपचार हुने गरेको छ । यहाँ नै अहिलेसम्म बिरामी फेला परेका हुन् । तर भयावह रुपमा भने यस रोग लागेको छैन ।

स्वास्थ्य कार्यालयले तराईबाट आएकाहरुमा भएको हो वा यही बसोवास गर्नेहरुमा डेँगु देखिएको हो भन्ने कुरामा अनुसन्धान थालिने भएको छ । अहिलेसम्म जति बिरामी उपचारका लागि आएका छन् ।

ती सबैको उपचारपछि विरामीको अवस्था सामान्य बनेको छ । पछिल्लो समयमा स्थानीय तहले सचेतनामूलक, जानकारीमूलक पर्चापम्पलेट बनाएर बितरण गरेको जनाएका छन् । केही स्थानीय तहले गाउँटोल र विद्यालयमा पुगेर सचेतना फैलाएको बताएका हुन् । पूर्वखोला गाउँपालिकाको अर्खलडाँडामा भाइरल ज्वरोका कारण ७० बढी बिरामी परेका थिए । तर अहिले नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६ , ७:५७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology