सिद्धबाबामा पहिरोमा पुरिए जीप, १ जनाको मृत्यु


शुक्रबार, भदौ २७, २०७६

सिद्धबाबामा पहिरोमा पुरिए जीप, १ जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा नजिकै पहिरो खसेर २ वटा जीप पुरिएका छन् ।

जीप पुरिएपछि एक जनाको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ । मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका मक्रहरका हुन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र ५१३८ नम्बरको जिप पुरेको हो ।

प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६ , ९:५४ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology