कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

काठमाडौं : नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन्।

कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो।

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी-जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको उनले बताए। निर्वाचन समितिले यही जेठ ७ गतेका लागि कार्यसमितिको निर्वाचन तालिका निर्धारण गरेको थियो।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भने गत फागुन २१ गते सम्पन्न भई पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए। कार्यसमितिमा संसदीय दलको नेताले पाँच जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij