माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ बर्ष कैद

माओवादीबाट निर्वाचित प्रदेश सांसद कुश्वाहालाई १ बर्ष कैद

रौतहट– राष्ट्रिय वन क्षेत्रबाट काठ ओसार पोसार मुद्दामा माओवादीका प्रदेश सदस्य कुन्दन कुश्वाहालाई एक बर्ष कैद जरिवना गरेको पाइएको छ।

अबैधानिक तरिकाले वन पैदावार ओसार पसार गरेको मुद्दामा आरोप ठहर भएका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य कुश्वाहालाई एक बर्ष कैद सजाय एवम् दण्ड जरिवाना कसुर ठहर भएपछि उनलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ।

बाराको पथलैयाबाट २०६९ असोज २ गते एक ट्रक चिरान काठ प्रहरीले बरामद गरेको थियो। प्रहरी गस्ती टोलीले ट्रकलाई नियन्त्रणमा लिएपछि चालक इन्द्रबहादुर मानन्धरले चामल लोड गरेको बताएका थिए। चालकले चामल बताएपछि प्रहरीलाई शंका लागेर उक्त ट्रकलाई चेकजाँच गर्दा चामलको बोरा मुनी सालका चिरान फान्टा काठहरु फेला परेको थियो।

चामल लोड गरिएको ट्रकमा चिरान काठ बरामद भएपछि प्रहरीले सुक्षम तरिकाले अनुसन्धान गर्दै जाँदा ट्रक चालक मानन्धरले रौतहट कटहरीयाका न्यू एभरेष्ट सः मिलका संचालक कुन्दनप्रसाद कुश्वाहाको रहेको बताए। प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय बारामा काठसहितको ट्रक र चालकलाई बुझाएको थियो। जिल्ला वन कार्यालय बाराले कुश्वाहा र मानन्धरमाथि जिल्ला अदालत बारामा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालत बाराले कुश्वाहालाई निर्दोष सावित गर्दै ट्रकका चालक मानन्धरलाई दोषी ठहर गरेका थिए। तर, जिल्ला अदालत बाराको फैसलालाई चुनौती दिँदै चालक मानन्धरले तत्कालिन पुनरावेदन अदालत हेटौडामा रिट दायर गरेपछि विना इजाजत वन पैदावार ओसारपसार गरेको मुद्दामा चालक एक्लैले गर्न सम्भव नभएको ठहर गर्दै पुनरावेदनले प्रदेश सभा सदस्य कुश्वाहालाई पनि दोषी ठहर गर्दै २०७२ साउन २५ एक वर्ष कैद सजायको फैसला सुनाएको थियो। सजाय सुनाएको ७० दिनभित्र कुश्वाहाले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेर मुद्दा उठाइरहेका छन्।

हालै सम्पन्न भएको प्रदेश सभा सदस्य पदमा रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट माओवादीको टिकटबाट निर्वाचित भएका छन्। प्रदेश सभा सदस्य कुश्वाहाले आफू विरुद्ध सुनियोजित षड्यन्त्र भइरहेको बताए। चिरान काठसहित पक्राउ परेकै समयमा पूर्वाग्रही ढंगबाट मेरो नाम अनाहकमा मुछियो जबकी उक्त समिलका प्रोपराइटर आफू नभएपनि अभियोग पत्र सुनियोजित रुपमा तयार पारिएको आरोप लगाए।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij