तिलोत्तमा नगरका सडकको क्षेत्र निर्धारण

तिलोत्तमा नगरका सडकको क्षेत्र निर्धारण

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र राइट अफ वे न्यूनतम १३ मिटर निर्धारण गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गरी स्थानीय सडकको राइट अफ वे निर्धारण गरिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (१) मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ–बायाँको अधिकार क्षेत्र (राइट अफ वे) को सीमा तोक्न सक्ने व्यवस्था छ ।

राइट अप्m वे तोकिएको सडकमध्ये तिलोत्तमा चक्रपथमा पर्ने सडकको हकमा नयाँ मापदण्ड कायम गरी लागू गरिने नगरपालिकाले जनाएको छ । प्लटिङ गरिने जग्गामा समेत न्यूनतम ३० फुट बाटो कायम गरेको तिलोत्तमाले महत्वपूर्ण स्थानीय सडकहरूको सीमा ४३ फुट कायम गरेको छ ।

तिलोत्तमाले मंगलापुर–कान्छीबजार, पत्थरडाँडा–तिनाउ, ड्राइभरटोल–शिवपुर, गणेशनगर–शिवपुर–सेमरा–मुडियारी, भलवारी–तिनाउ, शंकरनगर–वनवाटिका, कोटिहवा–कानपारा, पुरानो सडकको ४३ फुट कायम गरेको छ । यसैगरी ड्राइभरटोल–कोटिहवा, रोहिणी पुलबाट भूपू सैनिक हुँदै कान्छीबजार–जमुहानी–ठटहारिया सडकको राइट अप्m वे पनि ४३ फुट कायम गरेको छ ।

यस्तै शंकरपुरबाट नगरपालिका भवन निर्माणस्थल जोड्ने सडक, मधवलिया–कान्छीबजार, भरौलिया–ठटरिया–कानपारा, कोटिहवा–टिकुलीगढ, सिताराइस मिल–डिंगरनगर, योगीकुटी–शारादा स्कूल–भवानीपुर जोडने सडकको राइट अफ वे पनि ४३ फुट निर्धारण गरेको छ ।

टिकुलीगढ–पश्चिम पहुनी–गोरकट्टा–डिंगरनगर– योगीकुटी, नयाँ मिल–तिनाउ, न्यूलाईट–प्रेमनगर, योगिकुटी–शिवचोक–प्रेमनगर–टिकाभवन, मंगलापुर, शिवपुर–बुधबारे–मक्रहर–बेवरी, सुखाहानी–बेहुली–गंगोलिया, नयाँमिल –प्रगतिचोक–रामनगर–भलबारी सडकको पनि राइट अफ वे ४३ फुट निर्धारण भएको छ ।

यसैगरी पूर्वपहुँनी डाँडा–कुन्जलापुर–भक्तपुर, सिताराइस मिल जोडिने सडक, जहदा–मुडियारी, जबरजस्तपुर–लखन चोक सडकको पनि राइट अफ वे ४३ फुट कायम गरिएको नगरपालिकाले जनाएको छ ।

राइट अफ वे कायम गरिएका सडकको स्तरोन्नतिलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले पहिलो चरणमा धेरै प्रयोगमा आउने सडकको राइट अफ वे निर्धारण गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (२) मा गाउँपालिका वा नगरपालिकाले राष्ट्रिय तथा प्रदेशस्तरीय सडकको राइट अफ वे मापदण्ड पालना गर्नु/गराउनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij