बुटवल । आगामी वर्ष उडान गराउने तयारीमा रहेको भैरहवा विमानस्थलको पूर्वाधार निर्माणले गति लिएको छ । भूकम्प र नाकाबन्दीपछि सुस्त रहेको भैहरवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लिएको हो ।
विमानस्थल आयोजनाले दिएको पछिल्लो जानकारीअनुसार वैशाख मध्यसम्म ३७ प्रतिशत भौतिक प्रगति भएको छ । गएको फागुनमा ३३ प्रतिशत रहेको त्यस्तो निर्माणको प्रगति अहिले बढेको हो ।
विशेषगरी निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय साझेदार फेरिएपछि कामको गतिले तीव्रता लिएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए ।
नाकाबन्दी पछिको करिब एक वर्षसम्म पहिलेको स्थानीय साझेदार नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले विभिन्न बहानामा विवाद निकालेर काम प्रभावित बनाउँदै आएको थियो ।
निर्माण सामग्री निरन्तर उपलब्ध नगराएर उल्टै आयोजना नै ठप्प पारेपछि ऋणदाता एसियाली विकास बैंकले उसलाई हटाउन दबाब दिएको थियो ।
उक्त कम्पनीलाई आयोजाबाट फालेपछि आएको स्वसाम कन्स्ट्रक्सनले पछिल्लो समय आवश्यककता अनुसारका सामग्री उपलब्ध गराएपछि ठेकेदार कम्पनीले पनि कामदार थप्दै गएको शर्माले जानकारी दिए ।
विमानस्थलमा निर्माणाधीन धावनमार्ग र टर्मिनल भवनका लागि चाहिने बालुवा, ढुंगा, गिट्टी र माटोको आपूर्ति अहिले पर्याप्तमात्रामा रहेको उनको भनाइ छ ।
‘सबैभन्दा मुख्य कुरा निर्माण सामग्री हो जुन पर्याप्त मात्रामा आइरहेको छ,’ उनले भने, ‘अहिलेको नेपाली ठेकेदारले इमान्दारीपूर्वक काम गरेकोले हामी अझै कामको गति बढाउन सकिन्छ भन्नेमा विश्वस्त छौं ।’
निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको स्वसाम कन्स्ट्रक्सनका अध्यक्ष सुनिलजंग रायामाझीले आवश्यक परेमा टार्गेटभन्दा बढी सामग्री आयोजनास्थलमै पु¥याइदिने बताउँछन् ।
आयोजना प्रमुखले विभिन्न सरकारी निकायसँग समन्वय गरिरहेकोले आफूहरुलाई सामग्री पु¥याउन कुनै अप्ठेरो नपर्ने उनको भनाइ छ । ‘हाम्रो जिम्मा रहेको सामग्री अभावमा कुनै काम रोकियो भन्ने बनाउँदैनौं’, रायमाझीले भने ।
अहिलेकै कामको रफ्तार कायम रहे सन् २०१९ भित्र उडान गर्न सकिने आयोजनाका अधिकारीहरुको भनाइ छ । विमानस्थल सञ्चालनमा आउन आवश्यक धावन मार्ग, टर्मिनल, एटिसी, प्रशासकीय भवन, सञ्चार उपकरण जडानका लागि अहिले धमाधम काम भइरेको छ ।
धावन मार्ग पिच गर्नुभन्दा पहिला विभिन्न प्रकारका लेयरहरु हुन्छन् । त्यसमध्ये सपग्रेड र सव–वेस लेयरको कम्प्रेसनको काम सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए ।
अहिले वेसकोर्स लेयर राख्ने काम भइरहेको छ । यो काम असारसम्म सकिने र त्यसपछि धावनमार्ग पिच गर्न तयार हुनेछ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्