मकालु एयरको जहाज जुम्लामा दुर्घटनाग्रस्त, दुवै पाइलटको मृत्यु

मकालु एयरको जहाज जुम्लामा दुर्घटनाग्रस्त, दुवै पाइलटको मृत्यु

काठमाडौं । बिहानदेखि बेपत्ता रहेको मकालु एयरको जहाज जुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जुम्लाको खार्पुनाथ गाउँपालिकामा जहाज दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
यसअघि विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले बाजुरामा फोर्स ल्याण्ड गर्नुपरेको बताएका थिए ।

दुर्घटनामा परेको जहाजका पाइलट किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार जहाज तीन टुक्रा परेको छ ।

सुर्खेत विमानस्थलबाट सिमिकोटका लागि उडेको मकालु एयरको एकल इन्जिनयुक्त जहाज सिमिकोट विमानस्थलदेखि ७.७ नटिकल माइल दक्षिणपूर्व खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु भएको विमानस्थल उद्दार समन्वय केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij