आकाशियो डलरको मूल्य, रेमिट्यान्स पठाउन उपयुक्त समय

आकाशियो डलरको मूल्य, रेमिट्यान्स पठाउन उपयुक्त समय

काठमाडौं : डलरको मूल्य निरन्तर आकाशिएसँगै नेपाली रुपैयाँ सस्तो भएको छ। बुधबार नेपाल राष्ट्र बैंकका अनुसार डलरको खरिद मूल्य १०८ रुपैयाँ ६२ पैसा पुगेको छ।

बिक्री मूल्य भने १०९ रुपैयाँ २२ पैसा पुगेको छ। सन् २०१३ अमेरिकी डलर मूल्य ११० रुपैयाँ पुगेको थियो। अहिले त्यही गतिमा पुग्न थालेको छ। दिन प्रतिदनि डलरको मूल्य बढेको छ।

डलरको मूल्य बढ्दा रेमिट्यान्स पढाउने उपयुक्त समय मानिन्छ। केही दिनअघिसम्म एक डलर नेपाल पठाउँदा नेपालमा १०२ रुपैयाँ पाइन्थ्यो भने अहिले एक डलर बराबर झण्डै १०९ रुपैयाँ पर्छ। हाल नेपालमा औसत एक अर्ब पचास करोड डलर बराबरको रेमिट्यान्स आउने गरेको छ।

डलर बढेको कारण नेपालको निर्यातजन्य उत्पादनमा पनि सहयोग पुग्छ। अहिने नेपालमा औष दैनिक निर्यात २४ करोड रुपैयाँ बराबरको छ।

धेरै वस्तु तथा सेवा आयातमा निर्भर भएको कारण मूल्य वृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। अहिले औसत दैनिक तीन अर्ब रुपैयाँ बराबरको सामान नेपाली बजारमा आउने गर्छ।

यो तथ्यांकले नेपालमा डलर बढ्दा समग्रम घाटा पुग्ने देखिन्छ। दैनिक १७४ अर्ब बराबर रुपैयाँमा डलर बढ्दा फाइदा हुन्छ भने तीन अर्ब रुपैयाँ बराबरमा घाटा हुन्छ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij