ठेक्का लिएर समयमै काम नसक्ने ठेकेदारहरुलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

ठेक्का लिएर समयमै काम नसक्ने ठेकेदारहरुलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले निर्णयहरुको कार्यान्वयन फितलो भएकोमा असन्तुष्टिसमेत व्यक्त गरे।

सम्पन्न गरेका काम पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची तयार पार्न निर्देशन दिँदै उनले भने, ‘त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने पक्राउ गर्नुस्।’

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु केकति कार्यान्वयन भए त्यसको विवरण सहित आउन पनि उनले निर्देशन दिए।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij