प्रतिनिधिसभा नियमावली दलीय सहमतिबाटै : सभामुख महरा

प्रतिनिधिसभा नियमावली दलीय सहमतिबाटै : सभामुख महरा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भइरहेको बताएका छन्। सभामुख महराले दलहरूबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गर्ने कार्य सूचिबाट हटाइएको पनि स्पष्ट पारे।

बुधबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन परिसरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सकेसम्म सहमतिमै प्रतिनिधिसभा नियमावली बनाउन कोशिस गर्ने बताए।

बुधबार विहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान र त्यसको विपक्षमा प्रमुख प्रतिपक्ष काँग्रेस उभिएपछि प्रतिनिधिसभा नियमावलीमा विवाद भएको थियो।

एमाले नेता भानुभक्त ढकालले पनि सहमतिमै अघि बढाउन प्रतिनिधिसभा नियमावलीको मस्यौदा बुधबार कार्यसूचिबाट हटाउने निर्णय गरिएको बताए। उनले नियमावली सहमतिमै अघि बढाउन दलहरुबीच प्रयास हुने पनि स्पष्ट पारे।

प्रमुख प्रतिपक्ष काँग्रेसले अभियोग पुष्टि भएको फैसला अदालतले नगरेसम्म सांसदहरुलाई निलम्बन गर्न नहुने भन्दै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गराएको छ। त्यसैगरी, काँग्रेसले विषयगत समितिको संख्या घटाउन पनि माग गरेको छ।

मस्यौदा समितिमा १० वटा विषयगत समिति बनाउने प्रस्ताव गरिएकोमा काँगेसले असहमति जनाउँदै यसका पनि संशोधन प्रस्ताव दर्ता गराएको छ। दलहरूबीचको विवादका कारण बुधबार पनि नियमावली पारित गर्ने कार्यसूचि हटाउनु परेको संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij