काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेताहरु सम्मलित ९ सदस्यीय सचिवालय रहने भएको छ।
नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन्।
उनका अनुसार विष्णु पौडेललाई सचिवालयको महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्