पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु, गाउँ शोकमा

पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु, गाउँ शोकमा

भैरहवा । रुपन्देहीको लुम्बिनी साँकृतिक नगरपालिका–११, मसिना–गडिदियास्थित नौखनिया पोखरीमा नुहाउनेक्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ ।
सोमबार दिनको साढे ११ बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा स्थानीय ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

बालिका डुबेको स्थान लुम्बिनीदेखि झन्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ ।

वडा नम्बर–११ का अध्यक्ष अकरामद्धिन खाँनले पोखरीमा बालिकाहरु डुबेको देखेपछि स्थानीय र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई पोखरीबाट निकालेको थियो ।

उक्त पोखरी प्राकृतिक पोखरीकारुपमा रहेको र त्यस वरपर रहेका बालबालिका अरु समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।

उनीहरुको मृत्युपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ ।

मृतक बालिकाहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतक बालिकामध्ये दुईजना दाजुभाइका छोरी रहेको बुझिएको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij