सरकारको प्राथमिकतामा रेलमार्ग र जल यातायात

सरकारको प्राथमिकतामा रेलमार्ग र जल यातायात

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपति भण्डारी ।

काठमाडौं: सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रेलमार्ग र जलयातायातलाई प्राथमकिता दिएको छ। राष्ट्रपतिले सोमबार संयुक्त संसदमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा जल यातायात र रेलमार्गलाई प्राथमिकताका दिएको उल्लेख गरिएको हो। खासगरी सरकारले तीन रुटमा चल्ने रलेमार्ग निर्माण कार्य अघि बढाइने बताइएको छ।

जसअनुसार मेची-महाकाली रेलमार्ग, काठमाडौं- वीरगञ्ज रेलमार्ग र रसुवागढी-काठमाडौं-पोखरा रेलमार्गको निर्माण कार्य अघि बढाइने बताइएको छ। त्यस्तै, जल यातायातको लागि पनि आवश्‍यक कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कोशी, गण्डकी र कर्णाली नदीहरूमा जल यातायात सञ्‍चालन गर्न कानुनी नीतिगत र संस्थागत व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पूर्वधार विकास सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij