नेकपाको संगठन जुटाउन तीन कार्यदल, यसअघिका एमाले र माओवादीका संगठन हटाइने

नेकपाको संगठन जुटाउन तीन कार्यदल, यसअघिका एमाले र माओवादीका संगठन हटाइने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) यस अघिका दुई दल नेकपा एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठन हटाएर एकीकृत गर्न १५ दिनको समय राखेको छ। सोमबार बालुवाटरमा बसेको पहिलो सचिवालय बैठकले तीन कार्यदल गठन गरेको हो।

नियम मस्यौदा कार्यदल, सातै प्रदेश र प्रदेश कमिटी कार्यदल र जनवर्गीय कमीटी कार्यदल गठन गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

संगठनात्मक एकीकिरणको प्रकिया अघि बढाउँन विधानको परिपूरक हुनेगरी महासचिव विष्णु पौडेकलको संयोजकत्वमा नियम मस्यौदा कार्यदल गठन गरिएको छ। यो कार्यदलमा महासचिव विष्णु पौडेल सहित देव गुरुङ, युदुराम भुसाल र खिमलाल देवकोटा सदस्य रहेका छन्।

त्यस्तै प्रदेश र प्रवास कमिटी एकीकरण गर्न पूर्व घटकहरू सदस्य रहने गरी सात सदस्यीय कार्यदल गठन गरिएको छ। संगठानात्मक एकीकरणका काम अघि बढाउन सातै वटै प्रदेश तथा प्रवास कमिटीको एकीकरण प्रकियाको निमित्त सुझाव पेश गर्ने बताइएको छ।

पूर्व घटकहरूका इन्चार्ज तथा संयोजक यस कार्यादलको संयोजक र सहसंयोजक रहने गरी प्रदेश प्रवासको लागि सात सदस्य कार्यदल गठन गरिएको हो।

त्यस्तै जनवर्गीय संगठनको एकीकरणको लागि पूर्व घटकका इन्चार्ज र सम्वन्धित मोर्चाको प्रमुख रहने गरी चार सदस्यीय कार्यदल गठन गरिएको छ।

यी कार्यदललाई १५ दिनको म्याद दिइएको छ। त्यस्तै बैठकले पार्टीको राजनीतिक, सैद्धान्तिक र वैचारिक धारणा छिट्टै सार्वजनिक गर्ने निर्णय गरेको छ।

४४१ जनाको केन्द्रीय कार्यसमिति पनि बैठक बाट टुंगो लगाइएको छ। केन्द्रीय कार्यसमितको कार्यलय कहाँ रहने भन्ने विषयमा दुई अध्यक्षलाई निर्णय लिने जिम्मा दिइएको प्रवक्ता श्रेष्ठले जानकारी गराए।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij