गण्डक नहर मर्मतमा अनियमितता

गण्डक नहर मर्मतमा अनियमितता

नवलपरासी– पश्चिम नवलपरासीस्थित गण्डक मुख्य पश्चिमी नहर मर्मतमा भइरहेको अनियमितता नरोकिँदा सरोकारवालाहरू चिन्तित भएका छन् ।

उक्त नहर मर्मतमा भारतीय प्राविधिक र ठेकेदारहरुबाट गुणस्तर कार्य नभएको नेपाली पक्षको दाबी छ ।

गण्डक ब्यारेज पुलदेखि सुस्ता गाउँपालिकाको हर्कपुरासम्म नहर अधिकांश भागमा भत्किएको अवस्थामा भारत विहार सिँचाइ विभागले चैत महिनादेखि आंशिक रुपमा मर्मत गराउँदै आएको बताइएको छ ।

मर्मत कार्यमा नेपाली पक्षको तर्फबाट सम्पर्क अधिकृत र नेपाल गण्डक पश्चिमी नहरका उच्च प्राविधिकसहितका सरोकारवाला निकाय रहे पनि ती निकायले नहर मर्मतमा भएको अनियमितताबारे कुनै चासो नदेखाएको गुनासो नेपाली पक्षको छ ।

अनियमितताबारे बर्दघाट सुस्ता पुूर्व र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको पनि गण्डक नदी नियन्त्रण संघर्ष समिमितिका पूर्व सविच प्रेमचन्द्र गुप्ताले बताए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij