नगर उपप्रमुखकै घर डुबानमा, रुपन्देहीमा कहाँ-कहाँ डुबान ?

नगर उपप्रमुखकै घर डुबानमा, रुपन्देहीमा कहाँ-कहाँ डुबान ?

बुटवल । लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् ।

वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् । डुबानमा नगर उपप्रमुख उमा काफ्लेको घरसमेत परेको छ ।

लगातारको वर्षा र नेपाल–भारत सीमा क्षेत्र फरेनामा भारतीय पक्षले निर्माण गरेको बाँध समयमा नखोलिदिँदा भैरहवा जलमग्न हुन पुगेको हो । अहिले नेपाली पक्षले धेरै प्रयास गरेपछि बाँध खुलेको छ । त्यसपछि डुबान भएको पानी विस्तारै घट्दै गएको छ ।

सिनपामा केही वर्षदेखि अर्बौ रकम खर्चेर एसियाली विकास बैंक ९एडिबी०ले ढल निकास र नाला बनाएको भएता पनि त्यसको वैज्ञानिकता नहुँदा समस्या निम्तिएको बताइएको छ ।

नगरमा धेरै निर्माणका कार्य भइरहेकाले केही क्षेत्र जलमग्न भएको प्रमुख हरिप्रसाद अधिकारीले बताए । उनले प्राकृतिक समस्याको प्राविधिक निकास खोज्दै डुबान समस्याको समाधान खोजिने बताए ।

वस्तीहरु डुबानको जोखिममा पर्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार कार्यलाई पूर्वतयारी अवस्थामा राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लाका दक्षिणी क्षेत्र डुबानबाट प्रभावित हुन सक्ने खतरा रहेको बताए । बाढी प्रभावित भएकाहरुका लागि तत्कालै उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तहका जनप्रतिनिधिलाई तयारी अवस्थामा राखिएको समेत प्रजिअ रानाले बताए ।

आइतबार साँझदेखि परेको लगातारको वर्षाले दक्षिणी क्षेत्रका कतिपय स्थानमा सामान्य डुबानको समस्या देखिन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेकाले स्थानीय बासिन्दा त्रसित भए पनि डुबानका कारण समस्या भने अझै नदेखिएको प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देहीका विभिन्न क्षेत्र हुँदै बग्ने तिनाउ, दानव र रोहिणी खोलामा आएको बाढीले जिल्लाका दक्षिणी क्षेत्र डुबानको बढी जोखिममा रहेका छन् । जिल्लाका मर्चवार र धकधहीलगायत ग्रामीण वस्तीमा डुबानको जोखिम रहेकाले उद्धारका सबै संयन्त्र सतर्कताको स्थितिमा राखिएको प्रशासनले जनाएको छ ।

व्यवस्थित ढल निकास नहुँदा बुटवलका विभिन्न क्षेत्र पनि जलमग्न भएको छ ।

प्रकाशित मिति : मंगलबार, असार १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij