अपराध रोक्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम

अपराध रोक्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम

बुटवल । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनताको सहयोग वृद्धि गर्ने उद्देश्यका साथ देशभर समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु भएको छ ।

आइतबार काठमाडौंको भृकुटी मण्डपमा औपचारिक कार्यक्रम गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै अभियान सुरु गरेको बताए।

समाजमा विभिन्न खाले अपराधका घटना बढेको भन्दै अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथसहयोग जरुरी रहेको खनालको भनाइ छ। चार महिनादेखिको नियमित गृहकार्यबाट यो अभियानले आइतबार पुर्णता पाएको खनालले बताए।

समुदाय साझेदारी प्रहरी अभियानको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सम्वृद्ध नेपाल सुखी नेपाली अभियानलाई प्रहरीको यो अभियानले ठूलो सहयोग गर्ने बताए। देशमा शान्ति अमन चयन विना नेपाली सुखी रहन नसक्के भन्दै समुदाय प्रहरी साझेदारी अभियानलाई सहयोग गर्न समेत नागरिकलाई थापाले अपील गरेका थिए।

अभियान उद्घाटनमा गृहमन्त्री थापा, गृह सचिव प्रेमकुमार राई, काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले ऐक्यवद्धता जनाएका छन्। यस अघि पनि नेपाल प्रहरीले प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा नामक अभियान गरेको थियो।

प्रदेश ५ मा पनि यो कार्यक्रम शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नागरिकसँगको सम्बन्धलाई सुमधुर र विश्वसनीय बनाउने दायित्व प्रहरीको भएको चर्चा गर्दै कानूनको उल्लङ्घन गर्नु अपराध हुने बताए।

प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले स्थानीय सरकारको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै विद्यालय र सम्पर्क कार्यालयको सुझावमा पाठ्यक्रम निर्धारण गरिएको बताए।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून सचिव डा मानबहादुर विके, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय उपसभापति गोविन्द खनाललगायतले समुदाय प्रहरी साझेदारी कार्यक्रमले जनचेतना वृद्धि गर्न सहयोग मिल्ने बताए।

सो कार्यक्रमबाट सुरक्षा व्यवस्थापनमा जनसहयोग वृद्धि गर्ने, सङ्गठित अपराधको सञ्जाल निस्तेज र नियन्त्रण गर्ने, राष्ट्रिय सुरक्षा र सरोरकार विषयमा राष्ट्रिय सहमति बढाउने र कानूनको शासनप्रति सम्मान प्रर्वद्धन तथा न्यायपूर्ण शासकीय प्रणालीको विकास हुने बताइएको छ ।

सातसय त्रिपन्न स्थानीय तहसम्म पुग्ने गरी १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक सो कार्यक्रममा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij