हेटौँडा । प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विजुलीबाट चार्ज गरी सञ्चालन हुने सुविधायुक्त विद्युतीय जीप खरिद गरी मुख्यमन्त्री डोरमणि पौडेललाई उपलब्ध गराउने भएको छ ।
चिनियाँ कम्पनीद्वारा निर्माण गरिएको बीवाईडीई ६ मोडलको उक्त जीप आगामी एक हप्ताभित्र हेटौँडामा आइपुग्ने पनि मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । त्याे जीपको मूल्य ५५ लाख पर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देवीप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार त्याे जीप पाँच सिट क्षमताको सुविधायुक्त रहेको छ । विद्युतीय रिचार्ज स्टेशनबाट डेढ घण्टा रिचार्ज गर्दा जीप करीब ३५० किलोमिटरसम्म गुड्न सक्ने क्षमताको रहेको बताइएको छ ।
चिनियाँ कम्पनीको नेपाल एजेण्ट सूर्या गुड्स सप्लायर्सद्वारा बिक्री वितरण गरिने यस्ता विद्युतीय जीपलाई नियमित सञ्चालनका लागि चितवनको मुग्लिन, हेटौँडा, त्रिभुवनराजपथको विभिन्न स्थानका साथै पूर्व पश्चिम राजमार्गमा पनि केही महीनापछि विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव बद्रीप्रसाद पाठकले जानकारी दिएका छन् ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्