नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप, १ काे मृत्यु

नेकपा र कांग्रेस कार्यकर्ता बिच झडप, १ काे मृत्यु

सर्लाही । सर्लाहीको क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका वडा नं. ४ मा आज बिहान नेकपा र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप हुदा ७ जना घाइते तथा १ जानको ज्यान गएको छ ।
बिहान ७ वजे नेकपाका कार्यकर्ताहरु एकासी २ सयको संख्यामा आएर कुटपिट तथा गोली चलाउदा वडा नं. ४ का वडा अध्यक्ष राम नरेश महतोको काका ५५ वर्षिय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश क बाट निर्वा्चित ससद बिरेन्द्र सिहले जानकारी दिए ।
घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेम नारायण महतो,मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानिय प्रेम सिंहले बताएका छन ।
घाइते लिन गएको एम्बुलेन्स माथी समेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाइ उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए ।तोडफोडको क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको हो ।
हिजो बिहान सोही नगरपालिका वाडा नम्वर ४ बाट निर्वाचीत वाडा अध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुटा भाचिएको र टाउकोमा गम्भिर चोट लागेर घाइते भएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा घटना वारे बुझदा आफुहरु घटना वारे बुझिरहेको डिएसपि पुरुषोतम पाण्डेले जानकारी दिनुभयो ।यति ठुलो घटना घटदा पनि प्रहरीले आरोपिलाई पक्राउ नगरी संरक्षण गरेको स्थानियले आरोप लगाएका छन ।
घटना स्थलमा प्रहरी हरुलाई खटाइ घटना वारे बुझन एसपी,लाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । नेकपाका कर्यकर्ताहरुले वाडा अध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij