बुटवल : प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश ५ सरकारले गठन गरेको विशेष समितिको म्याद कामै नगरी सकिएको छ। गत साउन २४ गतेको प्रदेशसभा बैठकले प्रदेश–५ को नाम र स्थायी राजधानी तोक्न १५ सदस्यीय विशेष समिति गठन थियो।
तीन महिना समयावधि पाएको समितिले यो समयभित्र सभापति समेत चयन गर्न सकेन भने कुनै कार्यवधि समेत पास गरेको छैन। विशेष समिति गठन भएयता दुई वटा मात्रै बैठक बसेको छ। पहिलो बैठकमा सामान्य परिचय गर्ने काम भयो। दोस्रो बैठकमा संयोजक चयन गर्ने सहमति भए पनि त्यो हुन सकेन।
नेपाली कांग्रेसका तर्फबाट समितिका सदस्य बनेका वीरबहादुर रानाले सत्तारुढ दलले नचाहेका कारण समितिले काम गर्न नसकेको आरोप लगाए। संविधानको धारा–२८८ मा प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरे बमोजिम हुने उल्लेख छ।यसकै आधारमा सो समिति बनेको थियो।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्