प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइयो

प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइयो

फाईल तस्बीर

हेटौंडा । घटस्थापनाको दिन स्थगित भएको प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइएको छ ।

प्रदेश राजधानीको बिषयमा सहमति जुटाएर मात्र बैठक बस्ने भनिए पनि प्रदेशसभा सचिवालयमा ५ वटा विधेयक अड्किएकाले त्यसलाई छलफलमा ल्याउन र अन्य केही विषय टुङ्गो लगाउने गरी बैठक बोलाइएको हो । १० गतेको प्रदेशसभाको वैठकमा राजधानीको विषयले भने प्रवेश नपाउने सभामुख सानुकुमार श्रेष्ठले बताए ।

प्रदेश राजधानीको बिषयमा सहमतिपछि मात्रै बैठक बोलाउने तयारी भए पनि अझैसम्म सहमति नभएपछि अड्किएको विधेयक पारित गराउन बैठक बोलाइएको सभामुख श्रेष्ठले बताए ।

प्रदेशसभाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश संंस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सिध्याएको छ । यस्तै प्रदेश कार्य सञ्चालन कोष–२०७५ विधेयकमाथि अर्थ तथा विकास समितिले दफावार छलफल गरेको छ ।

‘प्रदेश सवारी दर्ता तथा यातायात सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको पनि दफावार छलफल सकिएको छ । ‘प्रदेश खेलकुद परिषद् स्थापना तथा सञ्चालन विधेयक’को पनि दवाफार छलफल सकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

दफावार छलफल सकिएको विधेयकहरु सम्बन्धित संसदीय समितिले प्रतिवेदनसहित अबको प्रदेशसभाको वैठकमा पेश हुने छ ।

सरकार गठन भएको करिब १० महिना भइसक्दा पनि कानुनको अभावले प्रदेश सरकारले स्थायी राजधानीको बिषयलाई लिएर लामो समयसम्म प्रदेशसभा बैठक नबस्ने र सभामा पेश भएका बिधेयक अड्किँदा प्रदेश सरकारले काम गर्न नसकेको आरोप प्रदेश सांसदहरुले लगाउँदै आएका छन् ।

प्रकाशित मिति : आइतबार, मंसिर ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij