काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसइईको समयतालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबारको बैठकले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको समय तालिका सार्वजनिक गरेको हो।
सार्वजनिक तालिकाअनुसार चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेबाट सुरू भएर ११ बजेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ।
बोर्इका अनुसार नियमित तथा ग्रेडवृद्धि दुवै समूहको परीक्षा तालिकाअनुसार एउटै समयमा नियमितको नयाँ पाठ्यक्रम र नयाँ तथा पुरानो दुवै पाठ्यक्रममा आधारित प्रश्न सोधिने छ।
त्यस्तै पुरानो पाठ्यक्रमबाट ग्रेडवृद्धि परीक्षामा सम्मिलित परीक्षार्थीले जिल्ला सदमुकाम वा जिल्लाका सबै विद्यालयलाई पायक पर्ने गरी एउटै केन्दै राखिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्