काठमाडौ । प्रदेश र स्थानीय तहका लागि ५८ हजार दुर्इ सय ६२ जना कर्मचारीकाे दरबन्दी स्विकृत भएकाे छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कर्मचारीकाे दरबन्दी स्विकृत गरिएको जानकारी दिए ।
बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विद्यमान ऐनले कर्मचारी समायोजनाको कामलाई अघि बढाउन नदिएको स्पष्ट पारे । नयाँ संवैधानिक व्यवस्था अनुसार कानुन बनाई कर्मचारी समायोजनाको कामलाई अघि बढाउन सकिने सचिव थपलियाको भनाई छ ।
सांसदहरुले आवश्यक्ता भन्दा बढि कर्मचारीको दरबन्दी स्विकृत गरेको भन्दै सरकारको आलोचना गरेका छन । बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले आवश्यक्ताभन्दा बढि कर्मचारीको व्यवस्था नगर्न सरकारलाई सचेत गराइन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले लोक सेवा आयोगको सहमतिबिना कर्मचारीको दरबन्दी स्विकृत गरिएमा अापत्ति जनाए । उनले सरकारमाथि कर्मचारीहरुमाथि राजनीति गरेकाे आरोप लगाए ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्