बुटवल । प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी थालेको बताएका छन् । नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश ५ को छलफलका क्रममा उनले प्रदेश ५ को पर्यटनलाई प्रबर्द्धन र विकास गर्ने उदेश्यले पर्यटन बोर्ड गठनको तयारीमा प्रदेश सरकार रहेको बताए ।
उनले प्रदेश ५ पर्यटकीय हिसाबले महत्वपूर्ण रहेको भन्दै प्रदेशभरका पर्यटकीय स्थलको विकास र प्रबर्द्धन गर्दै पर्यटक आगमनमा वृद्धि गर्नका लागि सरकारले योजनाबद्ध ढंगले काम गर्न थालेको बताए ।

उनले कर्मचारी अभावमा सरकारले चाहेजसरी काम गर्न नसकेको दुखेसो पोखे ।
पर्यटन पत्रकार महासंघ प्रदेश ५ का अध्यक्ष भुवन कार्की र महासचिव कपिल ज्ञवालीले पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारसँग सहकार्य गर्न चाहेको बताएका थिए ।
भिडियो
प्रकाशित मिति : बिहिबार, मंसिर १३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्