काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसदको हिउँदे अधिवेसन पुषको दोस्रो हप्ता आह्वान हुने बताएका छन् ।
संसद भवन नयाँबानश्वरमा आइतबार संसदीय मामिला पत्रकार समाजको अधिवेशन उद्घाटन गर्दे सभामुख महराले पुस दोस्रो हप्ता आह्वान गर्न सरकारले तयारी गरिरहेको बताए ।
उनले पत्रकारहरुलाई रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह पनि गरे । सरकारविरुद्ध एकोहोरो ढंगले लाग्नुभन्दा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । रचनात्मक ढंगले विषयहरुलाई उठाउन लागे समाज र राष्ट्रका लागि पनि फाइदाजनक हुने उनको भनाइ छ ।
उनले संसदका गतिविधि आम जनतामा पु¥याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै सभामुखको हैसियतले आफ सहयोग गर्न तयार रहेको धारणा राखे ।
कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकालले संविधानसँग बाँझिएका कानुनलाई बदलिदो समयअनुसार परिमाजर्न गर्न सरकार लागि परेको बताए ।उनले १ सय ७४ कानुनमध्ये ७० वटाको मस्यौदा तयार गरिसकेको जानकारी दिदै समयमै कानुन निमार्णको काम पुरा भइसक्ने बताए ।
प्रकाशित मिति : आइतबार, पुष १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्