लगातार २ छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

लगातार २ छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता

विराटनगर : विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ ।

पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो ।

यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको नाममा आमा संरक्षक रहने गरी सो रकम जम्मा गरिदिएको हो ।

गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताए ।

महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो । उपप्रमुख इन्दिरा कार्कीले, “छोरी बचाउ अभियान” सँगै “छोरी पढाउ अभियान” पनि शुरू भैसकेको जानकारी दिईन्।

चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिए ।

महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने २३ दम्पत्तिलाई नगद रु तीन हजार प्रोत्साहन रकम प्रदान गरेको छ ।

दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए।

महागरपालिकाले प्रदान गरेको प्रोत्साहन रकम भत्ता लिनका लागि आमाको उमेर २० वर्ष पूरा हुनुपर्ने, गर्भको बेला कम्तिमा तीन पटक स्वास्थ्य जाँच अनिवार्य गरेको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij