आज २०७५ चैत्र ५ गते मंगलवार तदनुसार १९ मार्च २०१९ काे राशिफल


मङ्लबार, चैत्र ५, २०७५

आज  २०७५  चैत्र  ५  गते मंगलवार तदनुसार  १९  मार्च २०१९ काे राशिफल

आज मिति २०७५ चैत्र ५ गते मंगलवार तदनुसार १९ मार्च २०१९ विरोधकृतनाम संवत्सर रवि उत्तरायण, बसन्तऋतु , फागुनशुक्लपक्ष, तिथिः– त्रयोदशी १४ घडी ५६ पला, दिनको १२ वजेर १० मिनेटसम्म , नक्षत्र मघा २८ घडी १४ पला, सायंकाल ५ वजेर ३० मिनेट सम्म, योग – धृति, करण – गर आनन्दादीयोग – काल , चन्द्रमा – सिंह राशिमा, सूर्य– मीनराशिमा , बृहस्पति – धनुराशिमा, सूर्य उदय विहान ६ वजेर १२ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर १४ मिनेटमा ।
चन्द्रमा – पूर्वमा छन् ।
योगिनी – दक्षिण दिशा ।
कालराहु – पश्चिम दिशामा ।
दिशाशूल– उत्तरदिशामा ।
राहुकाल – दिनको ३ वजेर १२ मिनेट देखि ४ वजेर ४३ मिनेट सम्म । अशुभ
यमघण्टा –विहान ९ वजेर ११ मिनेट देखि १० वजेर ४१ मिनेट सम्म । अशुभ
गुलीककाल– दिनको १२ वजेर १२ मिनेट देखि १ वजेर ४२ मिनेट सम्म । सौम्य
अभिजितमुहूर्त – विहान ११ वजेर ४८ मिनेट देखि १२ वजेर ३६ मिनेट सम्म ।

शुभवारलेला

रोग वेला विहान ७ वजेर ४१ मिनेट देखि ७ वजेर ४१ मिनेट सम्म ।
उद्वेग वेला विहान ७ वजेर ४५ मिनेट देखि ९ वजेर ११ मिनेट सम्म ।
चर वेला विहान ९ वजेर ११ मिनेट देखि १० वजेर ४१ मिनेट सम्म ।
लाभ वेला विहान १० वजेर ४१ मिनेट देखि दिनको १२ वजेर १२ मिनेट सम्म ।
अमृत वेला दिनको १२ वजेर १२ मिनेट देखि दिनको १ वजेर ४२ मिनेट सम्म ।
काल वेला दिनको १ वजेर ४२ मिनेट देखि ३ वजेर १२ मिनेट वजे सम्म ।
शुभ वेला दिनको ३ वजेर १२ मिनेट देखि ४ वजेर ४३ मिनेट सम्म ।
रोग वेला ४ वजेर ४३ मिनेट देखि ६ वजेर १३ मिनेट सम्म ।

मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मान सम्मान प्राप्तिहोल, रोकिएको धन हात पर्न सक्छ । दृढ आत्मविश्वसले गर्दा हरकाम पुरागर्न सकिनेछ पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरु आफै सुल्झने छन् तपाँईको कामको सवैले प्रशंसा गर्लान् । खेलाडी हरुले आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ ।

बृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । कामको लोडले गर्दा परिवरमा समय दिन सकिने छैन, धरै टाढाको यात्रा गर्नको लागि राम्रो समय छैन । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसगँ मनमुटाव होला, कमवोल्नु हितकर हुनेछ । विद्यामा समय नदिनाले अध्यन पछि पर्ला ।

मिथुन–(का,की,कू,घ,ङ,छ,के,को,हा)

आजको दिन नयाँ योजनाहरु सुरु गर्नको लागी राम्रो होला, धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्न सक्नेछ । प्रतिस्पर्धिलाई पछि पारिनेछ, काम तथा व्यवसायमा अनुदानको सम्भावना देखिन्छ ।

कर्कट–(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

धनलाभ होला, भाइ बन्धुको सहयोग पाइनेछ छ, शारीरिक तथा मानसिक तन्दुरुस्तीको अनुभव हुनेछ । नजीकको यात्रा लाभदायी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् । नकारात्मक बिचारलाई परास्त गरी सद्बिचारको उदय होला ।

सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

हिम्मत तथा जाँगरको बृद्धि होला , कार्यक्रम एवं समारोहमा सम्मानित हुने अवसर मिलनेछ । कार्यकौशलतामा तेजी आउनेछ । तार्किक क्षमतामा वृद्धि हुनेछ, यश, कीर्तिको गुणानुवाद होला । अध्यन अध्यापनको कार्य सफल होला ।

कन्या– (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)

मनमा नकारात्मक विचार हरु उद्गम हुनसक्छ, यात्रा कष्टकर होला , नसोचेको काममा खर्च हुनसक्छ । आफन्तनै विरोधी वन्ने छन्, आँखामा समस्या आउन सक्नेछ विद्यामा रुचि जाने छैन । नकारात्मक विचार वाट वच्नु होला । न्यायको क्षेत्र अधुरो रहन सक्छ ।

तुला –(रा,री,रु,रे,रो,ता,ती,तू,त)

ठुला व्यक्ति सग सम्पर्क बढ्नेछ, व्यवसायमा मिल्ने सफलताले मन प्रशन्न होला । धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवार बाट सहयोग मिल्लनेछ । साथीहरु सगँ नवीन योजनाका साथ अघि बढिनेछ ।

बृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । व्यवसायबाट अनकुल सुख मिल्नेछ । पितृ सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान वढेर जाला । हाकिमहरु आफ्नो अनकुल रहनेछन् व्यापारिक प्रयोजनले यात्रा हुन सक्नेछ । परिवरमा खुशीको माहोल वन्नेछ ।

धनु–(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

वैदेशिक तथा लामो यात्राको अवसर आउन सक्छ । व्यवसायिक उपलब्धी सहज हात लाग्ला, नवीन कार्योजना फलिभूत हनेछन् । अध्यन अध्यापनका मार्ग सफल होला, आज तँपाईलाइ भाग्यले साथ दिनेछ । पढाइमा उन्नति होला । गुप्त योजना वन्नेछन् ।

मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । व्यवसायमा बाधा व्यवधान आउने हुन्छ , स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । योजनाहरु गुप्त राख्नु पर्ने हुन्छ । विद्यामा सहज तरिकाले प्रगति हासिल हुनेछैन ।

कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

प्रेमीको सहयोग साथ मिल्ला, आत्मबिश्वासले गर्दा ठुला योजना हरु पूरा गर्न सकिनेछ । ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् । वाहन सुख मिल्नेछ ।

मीन –(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सरकारी कार्यवाट लाभ होला, वोली वाणीले सबैको मन आफूतिर आकर्षित गरिनेछ । तपाइले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ , अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । सहकार्यकर्ता हरुको सलाहमा कार्य प्रगतिमा लम्कनेछ ।

प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५ , ६:५२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology