डेंगुबारेका भ्रम र सत्य : मेवाका पात खाएर, अलैची चुसेर निको हुन्न डेंगु, निको पार्न यसो गर्नुस्


आइतवार, भदौ २२, २०७६

डेंगुबारेका भ्रम र सत्य : मेवाका पात खाएर, अलैची चुसेर निको हुन्न डेंगु, निको पार्न यसो गर्नुस्

बुटवल । अहिले फेसबुक, ट्वीटरमा एउटा भनाई भाईरल भइरहेको छ-डेंगु लागे मेवाको पात खानुस्,पात पकाएर जुस खानुस् निको हुन्छ । अलैचीको दाना मुखमा राखेर चुसिरहनुस् निको हुन्छ ।

तर यी भ्रम हुन् । डेंगु निको पार्न पात खाएर हुँदैन । रगतमा प्लेटलेट्सको मात्रा बढाउने चीजहरु खाँदा फाइदा हुन्छ । तर पातहरु खाएर नभई नियमित आराम र लक्षणहरुको उपचार गरेर निको हुन्छ ।

डा महेशराज घिमिरे भन्छन्-डेंगुको उपचार लक्षण हेरेर गर्ने हो । यसरी पात खाएर वा पातको जुस खाएर हुन्छ भन्ने छैन । यसका अनेक उपचारहरुबारे अध्ययन त भइरहेको छ । तर अहिलेसम्म पात वा जुस खाँदा ठीक हुन्छ भन्ने छैन ।

अनि अर्को भनाई भाईरल छ-डेंगु सार्ने लामखुट्टेले घुँडाभन्दा माथि टोक्दैन । यो पनि गलत हो । लामखुट्टेले जहाँ टोकेपनि संक्रमण हुन्छ ।

डेंगु संक्रमित लामखुट्टेले टोक्नबाट बच्न खाल्डाहरुमा पानी जम्न नदिनुस् । फ्रिजको पछाडि जम्ने, कुलरको पछाडि जम्ने पानीमा दुईथोपा मट्टितेल हालिदिनुस् र नियमित सफा गर्नुस् । फ्रिजको पछाडि पानी जम्न नदिन त फम राख्दा पनि हुन्छ । फमले पानी सोस्छ । जसका कारण लामखुट्टेले अण्डा पार्न पाउँदैन । अनि पानी जम्ने र लामखुट्टेले अण्डा पार्न सक्ने ठाउँ नराख्नुस् ।

घरमा बस्दा वा बाहिर हिड्दा पुरा बाहुला भएका कपडा लगाउनुस् । खुला देखिने ठाउँमा ओडोमस लगाउनुस् । ओडोमसले लामखुट्टे तपाइँको छालामा बस्न रोक्छ । तर आँखा र मुखमा नलगाउनुस् । अनुहारमा लगाउदा हुन्छ । बालबच्चालाई पनि त्यसरी नै ख्याल गर्नुस् ।

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६ , ७:२७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology