सेफर्ड कलेज र एडुसञ्जालबीच सहकार्य समझदारी


सोमवार, भदौ ३०, २०७६

सेफर्ड कलेज र एडुसञ्जालबीच सहकार्य समझदारी

काठमाडौं– सेफर्ड कलेज र एडुसञ्जाल मिडियाबीच एक समझदारी भएको छ । समझदारीपत्रमा सेफर्ड कलेजका डाइरेक्टर तरुणप्रताप साह र एडु सञ्जालका बिजनेस डेभपलमेन्ट मेनेजर राजन कोइरालाले हस्ताक्षर गरेका छन् ।

मिडिया प्रविधिसम्बन्धी शिक्षा दिने मुलुककै एक मात्र कलेज सेफर्डले विद्यार्थीमा व्यावहारिक ज्ञान बढाउने उद्देश्यले एडुसञ्जालसँग समझदारी गरेको जनाएको छ ।

समझदारी अनुसार एडुसञ्जाल मिडिया प्रालिबाट सिफारिस भई बिएमटी र एमएमटी कार्यक्रमका लागि आउने विद्यार्थीलाई सेफर्डले सहुलियत छात्रवृत्ति उपलब्ध गराउने छ । एडुसञ्जालले आफूलाई आवश्यक पर्ने प्रशिक्षार्थी सेफर्डका विद्यार्थीबाट छानेर लिनेछ । त्यसरी छानिने प्रशिक्षार्थीलाई एडुसञ्जालले पारिश्रमिक समेत उपलब्ध गराउने सर्त समझदारी पत्रमा छ ।

इन्टर्न छनोट गर्दा एडुसञ्जालले सेफर्ड कलेजका विद्यार्थीलाई पहिलो प्राथमिकता दिनेछ ।


त्यसैगरी, एडुसञ्जाल र यसका सदस्यहरुलाई सेफर्डले बेलाबेलामा अतिथि वक्ताको रुपमा कलेज बोलाएर उनीहरुको ज्ञान, अनुभव, यस उद्योगसँग सम्बन्धित विविध जानकारी एवं चुनौतीबारे प्रवचन दिन लगाउनेछ । यो समझदारी दुई वर्षका लागि गरिएको हो ।

सेफर्डले मिडिया उद्योगलाई आवश्यक पर्ने प्राविधिक र व्यावहारिक ज्ञानसहितको जनशक्ति तयार गरिरहेको जनाएको छ । यो सहकार्यले मिडिया उद्योगका लागि सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ । यस्तो सीपले सेफर्डका ग्राजुएटलाई रोजगारी प्राप्त गर्न सजिलो हुने सेफर्डको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : सोमवार, भदौ ३०, २०७६ , ४:१९ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक : वालकृष्ण भुसाल
समाचार सम्पादक : सीता बराल
वरिष्ठ सम्वाददाता : फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology