औद्योगिक व्यापार मेलाको तयारी , ब्यबस्थापन कसरी हुदैछ त ? प्रचारप्रसार समिति संयोजक अधिकारी


सोमवार, मंसिर २३, २०७६

1.7K
SHARES
औद्योगिक व्यापार मेलाको तयारी , ब्यबस्थापन कसरी हुदैछ त ? प्रचारप्रसार समिति संयोजक अधिकारी
मेलाप्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारी

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा आयोजना गर्न लागेको औद्योगिक व्यापार मेला बुटवल–२०७६ बुटवल उपमहानगरपालिका १३ स्थित देविनगरमा हुँदैछ यसको तयारी कसरी बढ्दै छ मेलाको समग्र पक्षको ब्यबस्थापन कसरि हुदैछ त ?यसै सन्दर्भमा मेलाप्रचारप्रसार समितिका संयोजक  मुक्ति अधिकारीसंग गरेको संक्षिप्त कुराकानी

औद्योगिक ब्यापार मेलाको तयारी कसरी अगाडि बढाउदै हुनुहुन्छ ?

बुटवल उद्योग वाणिज्य संघको यो मेला बिँसौ संस्करण हो । २०४० सालमा बुटवलमा पहिलो पटक संघले मेलाको आयोजना गरेको थियो । अहिले साढे तीन दशक बित्दा पनि हामीले यसलाइ निरन्तरता दिइरहेका छौ र हरेक पटकको मेलाको विशेष महत्व रहँदै आएको हाम्रा उपभोक्ता महानुभावहरुले नै बताउदै आउनु भएको छ । स्वदेशी उत्पादन,उद्यमी,उद्यम र उपभोक्ता बिचमा पुलको काम गर्ने उदेस्यले आयोजना गर्न लागिएको मेला यो बर्ष बुटवल उपमहानगर १३ स्थित देविनगरमा हुँदैछ । अहिले मेला स्थलमा सचिवालय गठन गरी तयारी अगाडी बढाएका छौं । मेलालाइ व्यवस्थित बनाउन बिभिन्न समिति उपसमिति गठन गरी काम गरीरहेका छौं । मेला स्थल पुग्न आम उपभोक्तालाइ सहज होस भनेर सहुलियत भाडादरमा यातायातको व्यवस्थापन गरेका छौं । मेला अवलोकन, तथा आवत जावतमा कुनै समस्या नहुँने गरी व्यवस्थापनमा जुटेका छौं ।

स्टल दर्ताको काम अगाडी बढीरहेको छ । ५ सय ४५ वटा स्टल रहने मेलाकालािग २ सय १२ स्टल दर्ता भइसकेको छ । भारत र बंगलादेशका ८ स्टल दर्ता छन । पुष ५ गते सम्म दर्ताको समय राखेका छौं । चिन, बंगलादेश र भारत लगात मुलुकका करिब ५ दर्जन स्टल पनी रहनेछन । आम नागरिकहरुलाइ यो मेला उत्साह र पर्वका रुपमा सफल पार्नको निम्ती हामिले अनुरोध गरेका छौ यो  बुटवलको देबिनगरमा मेला लगाउदै गर्दा त्यहाका जनसमुदाय धेरै उत्साहित हुनुभएको पाएका छौ। यो मेला मात्र नभै उद्यमी र उद्योगिको बिचमा पुलको रुपमा लिएर नेपाली उद्योगिले उत्पादन गरेका बस्तुहरु स्वदेसमै स्वतस्फुर्त रुपमा जनता माझ प्रस्तुत गर्ने अवसरको रुपमा लिएका छौ ।

प्रत्येक बर्ष गरिने मेला र यो मेलामा भिन्नता के छ ?

यो मेला बिगतको भन्दा फरक हुनेछ यसमा हामीले नेपालमै उत्पादित पानीबाट चल्ने गाडी ,बाल उद्यानका नँया प्रबिधिहरु हाइडृो पावरका नया प्रबिधिहरु कृषि क्षेत्रमा भएका नया प्रविधि र प्रगती सगै कृषि उत्पादनलाइ मेला मार्फत जनता माझ पुराउने छौ । नया हाते मेशिन,खेत जोत्ने मेसिन, पानिबाट चल्ने गाडि तथा स्वेदशका नया प्रबिधिहरुलाइ प्रवद्र्धन रुपमा राख्ने छौ ।

बिभिन्न सेवा बस्तुहरुको प्रदर्शनी तथा पबद्र्धनका लागि छुट्टा छुट्टै पेभेलियन छ । प्रविधिको विकास र बिस्तारबारे जानकारी सहित तीनको बिक्रि तथा प्रबद्र्धनका लागि छुट्टै आइटि पेभेलियनको व्यवस्था गरेका छौ । नयाँ र आधुनिक प्रविधि तथा आइटीका उत्पादनहरुलाइ जनता उपभोक्ता माझ पुरयाउने छौ । त्यस्तैहाइडो् पावर ,बिभिन्न किसिमका प्रबिधिहरुलाइ यहा ल्याएर यस क्षेत्रका उद्यमि ब्यबसायिहरु माझ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।

यस्ता मेलाले पर्यटन प्रवर्धनको निम्ती कस्तो टेवा पुग्छ ?

हामीले लगानि लुम्बिनीमा समृद्धी देशमा भन्ने मुल नारा राखेका छौ । हाम्रा हरेक पोष्टर र ब्यानरमा लुम्बीनी भ्रमण बर्ष र नेपाल भ्रमण बर्षको नारा समेटेका छौ यसलाइ सफल पार्नको लागि प्याकेजको रुपमा लुम्बीनी भ्रमणमा लैजान र मेला अवलोकन गर्न आउने दर्शकलाइ लुम्बीनी सम्म कसरि लैजान सकिन्छ भन्ने बारे प्रारम्भीक छलफलमा छौ । साथै नेपाल भ्रमण बर्ष र लुम्बीनी भ्रमण बर्ष सफल बनाउनको लागि नेपाल सरकार र प्रदेश सरकार संग सहकार्य गरेर गोष्ठि अन्र्तत्रिरया जस्ता कार्यक्रम पनि मेलामै गर्नेछौं । हरेक खालका बस्तु तथा सेवाको प्रदर्शनी र प्रबद्र्धन यो मेलाले गर्ने छ । अटो, होटल तथा रेष्टुरेन्ट, मनोरञ्जन तथा सबै जाताजाती भाषा धर्मको प्रतिनिधित्व झल्कने गरी सास्कृतिक कार्यक्रमहरु समावेस गर्नेछौं ।

कृषि, पर्यटन, उद्योग प्रबिधिका प्रबद्र्धनको निम्ती किन मेला महोत्सव नै चाहिन्छ र ?

पर्यटन र प्रबद्र्नका बिषयमा गोष्ठि अन्तरक्रिया मेला मार्फतनै पस्किने क्रम छ । पछिल्लो समयमा मानिसहरुको ब्यस्थता बढ्दो छ । हरेक क्षेत्रले जसरी यो बिषयमा कुरा उठाउनु पर्दथ्यो त्यसरी उठन सकेको छैन । तर यस्ता मेला महोत्सव मार्फत नै भएपनि यी बिषयमा बहस छलफल गरी यसको विकास र प्रबद्र्धनमा टेवा पुरयाउन सकिन्छ र आम सर्बसाधारणलाइ पनि यसमा सामेल गराउन सकिन्छ भनेरै मेलामा हामीले यस किसिमका कार्यक्रमहरु गर्दै आएका छौ । बुटवल उद्योग वाणिज्य संघले स्वदेशी उतपादन,उद्यमशीलता र उपभोक्ता बिच बिगत देखि नै पुलको काम गर्न मेला महोत्सव तथा बिभिन्न गतीविधिहरु गर्दे आएको छ ।

हरेक बर्ष मेला महोत्सब हुने गर्छ खास स्टक सामान ब्यबस्थापन गर्ने ढंगले पनि कतिपय ठाउमा यसलाइ लिएको पाइन्छ आयोजकको तर्फबाट कतिको संबेदनशिल हुनुहुन्छ ?

यो प्रश्न मेलाको समय बढि उठ्ने गर्दछ हामी आयोजक कमिटि यो बिषयमा चलाखो र संबेदनशिल हुनुपर्छ यो बिषय भनेको प्रत्यक्ष जनता संग जोडिएको बिषय हो । नेपाल सरकारको वाणिज्य कार्यालय तथा आन्तरिक राजस्व कार्यलयमा दर्ता नभएका कुनैपनि बस्तु तथा सेवाका स्टल हामीले यहाँ राख्दैनौ । अर्को कुरा स्टक सामानको सवालमा त्यसको लागि मुल्याड्कन कमिटि छ त्यो कमिटिले रजिष्टर फम हेरेर मात्र बिक्रि बितरणको निम्ती अवसर दिनेछ । बिगतमा पनि यो बिषयमा संवेदनसील थियौ अहिले पनि छौं । बस्तुको गुणस्तर ,उत्पादन मिती लगायतका सबै कुरामा समितिले मेला अवधीभर निगरानी राखीरहने छ ।

बुटवलमा लाग्ने मेलामा भिड धेरै हुने आवतजावतमा समस्या हुने गरेको कुरा सर्बसाधरण बाट आउने गर्दछ यसलाइ कसरि ब्यबस्थापन गर्नुहुन्छ ?

यस बिषयमा हामि धेरै संबेदनशिल छौ ।बुटवलको देबिनगरकालागि योगिकुटि बाट प्रदर्शनि आउने मुख्य बाटो साघुरो छ । अहिले पनि त्यो बाटोमा आवतजावत गर्न समस्या नै रहेको छ मेलाको समय भिडभाड बढ्ने भएकाले दुर्घटना पनि निम्तीन सम्भावना भएकाले यस बिषयलाइ मध्यनजर गर्दै बैकल्पीक मार्गको रुपमा रिक्सा माइक्रो बसलाइ छुट्टै मार्ग बनाएर सहज रुपमा सुरक्षीत तवरले मेलाको अवलोकन गर्ने वातावरण सृजना गर्न सम्बन्धित निकायसंगकै समन्वयमा तयारी भइरहेको छ । प्रदेस ५ ट्राफिक कार्यलय संग पनि ब्यबस्थापनका लागि सहमति गरेका छौ । पशिचम नेपाल बस ब्यवसायि प्रालि संग पनि बिभिन्न ग्रामिण क्षेत्र बाट आउने माइक्रो बसहरुलाइ बुटवल मेला सम्म आउन अनुरोध गरेका छौं । उहाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।इ९ रिक्सा का ५ वटा कम्पनि संग पनि दुइ चरणमा बैठक बस्यौ उहाहरुले पनि मेला अबधिभर सहर्ष रुपमा साझ सम्म सेवा दिने बताउनुभएको छ यसरि नै ब्यबस्थापनमा जुटेका छौ ।

मेला महोत्सवमा संघसस्था हरुले आर्थिक उपार्जन गर्ने माध्यम बन्दै गएको छ मेला आयोजना गरेबापत सामाजिक उत्तरदायित्व कसरि बहन गर्दैहुनुहुन्छ ?

बुटवल उद्योग वाणिज्य संघले प्रदेश ५ को निम्ती आफले निर्माण गरेको भौतिक सम्पति प्रदेश सरकारलाइ हस्तान्त्रण गरेको छ । मेलाको आम्दानी सामाजिक बिकासको लागि खर्च गर्दै आएका छौ ।हामिले भवन बनायौ जसले गर्दा प्रदेश सरकारले आफ्नो गतिबिधि सञंचालन गर्न सहज भयो । त्यस्तै आम्दा अस्पतालको सुरुवात गरयौ, लुम्बीनी पार्देशिक अस्पताल को प्रसुति गृह र्निमाण लगायत सामाजिक कार्यहरु मेला महोत्सबको आर्थिक संकलन बाटै गरेका हौ

अन्त्यमा यहाँहरुले अहिले भोग्नु परेका चुनौती केही छन की ?

अहिलेको मुख्य चुनौती मेला स्थलको अभाव हो । अहिले बिगतमा भन्दा फरक स्थानमा मेला गर्दैछौ । हरेक बर्ष मेला गर्दा संरचना निर्माणमै खर्च धेरै लाग्छ । तैपनि व्यवस्थापन गरेर तयारी अगाडी बढेका छौं उत्साहीत छौं र यहाँको मिडीया मार्फत पुष ९ गते देखि २३ गते सम्म बुटवलको देविनगरमा लाग्ने औधोगिक व्यापार मेलामा सहभागी भइदिनु हुन सम्पुर्ण महानुभावहरुलाइ हार्दिक आमन्त्रण गर्दछु । मेलामा पाल्दिनुस अवलोकन गर्दिनुस र त्यसअवसरमा कुनै सुझाव सल्लाह भए हाम्रो मेला सचिवालयमा दिन पनि सक्नुहुन्छ । यहाँहरुको सुझाव सल्लाहले हामीलाइ परिस्कृति भएर अगाडी बढ्ने मौका मिल्नेछ ।

 

 

 

प्रकाशित मिति : सोमवार, मंसिर २३, २०७६ , ९:४८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2024 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology