युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन


मङ्लबार, मंसिर २४, २०७६

युवतीले गरिन् आफ्नै प्रेमीको लिङ्ग छेदन

काठमाडौं ।
काठमाडौं महानगरपालिका–६ डेरा गरी बस्ने १९ वर्षीया युवतीले २१ वर्षका आफ्ना प्रेमीलाई कोठामा भेट्न बोलाएर लिङ्ग छेदन गरिदिएको प्रहरीले जनाएको छ ।
लिङ्ग छेदन गर्ने युवतीलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । प्रहरीसँगको बयानका क्रममा युवतीले प्रेमी युवकले विहेको प्रस्ताव अस्वीकार गर्दा उनको लिङ्ग छेदन गरिदिएको बताएकी छन ।
फरक धर्मको भएका कारण युवकले घरबाट आफूहरुको विवाहलाई मान्यता नदिने समस्या रहेको भन्दै विवाह गर्न नसकिने जवाफ युवतीलाई दिएका थिए ।
बौद्धमा रहेको ह्यायात होटलमा काम गर्ने दुवै जना करिब एक–डेढ वर्षदेखि प्रेममा रहेका जनाइएको छ । पछिल्लो समय युवतीले विवाहका लागि ‘कर’ गर्न थालेपछि युवकले उनीसँग फोन सम्पर्क गर्न समेत छाडेका थिए ।
तर, हिजो राति प्रेमिकाले अन्तिम पल्ट भएपनि भेट्नका लागि कोठामा आउ न भन्दै बोलाएकी थिइन् । कोठामा दुवैजनाबीच त्यस्तो कुनै विवाद भएको नदेखिए पनि युवतीले चक्कुले युवकको लिङ्ग छेदन गरिदिएकी देखिएको प्रहरीले जनाएको छ लिङ्ग छेदन गरिएका युवाको अहिले काठमाडौंको चावहिलस्थित ओम अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
प्रहरीले पक्राउ परेकी युवतीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६ , ३:०८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology