जनता टुडे /बुटवल
द्घारिका उदय सिनेमा हल दोस्रो वर्षमा प्रवेश गरेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा हलमा विशेष कार्यक्रम गरि मनाईएको छ । बुटवल उपमहानगरपालिका नगरप्रमुख शिवराज सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकालाई स्मार्ट सिटि बनाउने अवधारणा अनुसार काम भैरहेको बताउनुभयो । चलचित्र हलका अध्यक्ष प्रदिप कुमार उदयले एक वर्षको अवधिमा दर्शकको उत्साहजनक उपस्थिति र साथ पाएको बताउनुभयो ।
अहिलेको डिजिटल युग अनुसार विश्वकै चलचित्र उद्योग डिजिटलमय भएको उहाले बताउनुभयो । नेपाली चलचित्र उत्पादनमै लागेको भएर यसलाई प्राथमिकतामा राखेको हल संचालन गरेको उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाल चलचित्र संघ पश्चिमाञ्चलका संयोजक कपिल प्रसाद द्घा, उद्योगी तथा समाजसेवी महेन्द्र नारायण श्रेष्ठ, टंक प्रसाद पोखरेलले शुभकामना दिनुभयो। चलचित्र हलको वाषिर्कोत्सवको अवसर पारेर प्रथम दर्शक विष्णु प्रसाद भट्टराईलाई सम्मान गरेको छ । यसैगरि ग्रस कलेक्सन कमाउन सफल भएको नेपाली चलचित्र ‘छ माया छपप्कै’ युनिटलाई सम्मान गरिएको छ । हल संचालनमा योगदान दिने वर्ष कर्मचारीका रुपमा सुनिल गुरुङ, लक्ष्मी प्रसाद शाक्यलाई जनही नगद ५–५ हजारसहित सम्मान गरिएको छ ।
चलचित्र ‘छ माया छपप्कै’ ले नेपालभर २० करोड रुपैया ग्रस कलेक्सन गरेको थियो । चलचित्र हल संचालक नारायण कुमार पाण्डेले ब्यवसायसंगै सामाजिक कार्यमा आफुहरु लागेको बताउनुभयो । राजमार्ग चौराहास्थित प्रधान हाईटमा रहेको हलमा साढे ३ करोड लगानी भएको छ । हलको दर्शक क्षमता २ सय ३० जना छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्