नेकपाले प्रदेश नम्बर ३ को नाम र राजधानी टुंगो लगायो

नेकपाले प्रदेश नम्बर ३ को नाम र राजधानी टुंगो लगायो

काठमाडौं (जनता टुडे) 

लामो समय देखि अड्किएर बसेको प्रदेश ३ को नाम नाम र राजधानी टुंगो लागेको छ । जानकारी अनुसार प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम हुने भएको छ । आज बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको अन्तिम निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा बहस हुँदै आएको थियो । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिल्न सकेको थिए । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बोलाएर यस्तो निर्णय गरेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा विचार विमर्श भएको जानकारी दिइएको छ । अर्को महत्वपुर्ण कुरा गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे पनि बैठकमा छलफलमा गएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij