नयाँ ठाउमा दर्शकको उत्साहजनक सहभागिताले हर्षित छौं : बु.उ.बा. संघ अध्यक्ष हमाल


बिहिबार, पुस १७, २०७६

1.3K
SHARES
नयाँ ठाउमा दर्शकको उत्साहजनक सहभागिताले हर्षित छौं : बु.उ.बा. संघ अध्यक्ष हमाल

लगानि लुम्बिनीमा समृद्धी देशमा भन्ने मुल नाराका साथ बुटवल उद्योग बाणिज्य संघले आयोजना गरेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ बुटवल ११ मा चलिरहेको छ. मेलामा दर्शकको उपस्थिती सुरक्षा ब्यबस्था लगायत सम्पुर्ण मेलाको बारेमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक खिमबहादुर हमालसंग फूलु सुनारले गरेको संक्षिप्त कुराकानी

 

मेलामा दर्शक उपभोक्ताको उपस्थिती कस्तो छ बताइदिनुस न

बुटवल उद्योग बाणिज्य संघले यहि पुसको ९ गतेदेखि सुरु गरेको २०औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ आजको दिन सम्म आइ पुग्दा हामिले जुन लक्ष्य र उदेश्य राखेका थियौ त्यो सोचे अनुरुप पाएका छौ । बुटवल ११ देवीनगरमा सञ्चालन गरिएको मेलामा नयाँ ठाउ भएकाले दर्शक स्रोताको उपस्थीती अलि कम हुन्छकि भन्ने लागेको थियो तर हामिले सोचेको भन्दा उल्लेखनिय सहभागिता पाएका छौ । साथमा स्टल सहभागिता पनि धेरै राम्रो छ।हामीले करिब ५०० स्टल सहभागि बनाएका छौ।

यसअघिका बर्षमा भन्दा फरक तथा नयाँ स्थानमा मेला गर्दाको अनुभव बताइदिनुस न

नयाँ स्थानमा गर्दा दर्शक उपभोक्ताको उपस्थिती कम होला की भन्ने जुन आशंका थियो आज मेलाको सातौ दिन सम्म आइपुग्दा त्यो आशंका मेटिएको छ । बुटवल मण्डपमा भन्दा पनि यहाँ धेरै राम्रो सहभगिता छ । नयाँ ठाउ नयाँ परिवेस भएपनि दर्शकले खोजे जस्तो स्टल सहभागिता, कृषि उत्पादन, औद्योगिक क्षेत्रहरुको झल्को दिएका छौ ।औद्योगिक व्यापार मेला पर्यटन प्रवद्र्धनकै लागि मेलाको मुलद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिले सजाइएको छ । सेल्फीजोनमा भैरहवामा निर्माण हुँदैगरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध बिमानस्थल, लुम्बिनी, बुटवलको ऐतिहासिक जीतगढी किल्ला, सिद्धबाबा मन्दिर, पाल्पाको ऐतिहासिक भगवती मन्दिर, भैरवस्थान मन्दिर, गुल्मी रुरु क्षेत्रको ऋषिकेश मन्दिर अर्घाखाँचीको सुपादेउराली मन्दिर लगायतका पर्यटकीय स्थलहरु समेटेका छौ त्यस्तै अहिले हामिले स्टेज दृष्टि भ्रम बनाएका छौ त्यानिर जुन साइडबाट हेरेपनि दर्शकले कलाकार आफुतिरै हेरेको अनुभुती गर्न सक्नुहुन्छ मौलिक सस्कृतिको जगेर्ना गर्दै सास्कृतिक कार्यक्रम नया तरिकाले गरेका छौ ।

मेला चलिरहेको अबस्था छ स्थानियस्तर बाट कतिको सहयोग भएको छ ?

हामी समाजको उत्तरदायित्व बहन गर्ने निजि क्षेत्र हो र समाजको पहिचानलाइ हामिले नियालेर हेर्छौ समाजमा आवश्यकता के छ समाजको बिकाशको लागि र यस क्षेत्रको लागि बुटवल उद्योग वाणिज्य संघले २००९ शालमा स्थापना भएको संस्था हो हाम्रा उत्पादनहरुलाइ प्रदर्शन मात्र होइन आम उपभोक्तालाइ एकै ठाउमा सबै किसिमका सेवा लिन यस मेला हामीले आयोजना गरेका हौ । वडाहरु संघसस्थाहरु र अध्यक्षहरु संगको छलफलपछि मात्र मेला यहा गर्ने निर्णय गरेका हौ। अहिले नयाँ ठाउमा आउदाखेरि हामिलाइ जस किसिमको स्थानिय सरकारको गर्नुपर्ने भुमिका थियो म एउटा अध्यक्षको नाताले पाएको छैन किनभने अहिले आएर बाटोको समस्या पनि भएको । किनभने अहिले नालि खन्नु पर्ने अबस्था थिएन मेला पन्ध्र दिनको हो त्यो समय पछि गर्दा पनि राम्रो हुन्थो । कि यी कुराहरुलाइ अगाडिनै गरीदिएको भए मेला आउने उपभोक्तालाइ सास्ती हुँदैनथियो भन्ने हो । हुनत यो मेलाको छुट्टै पहिचान र महत्व छ । जसलाइ उपभोक्ताहरुले यो कुरा राम्रोसंग बुझीसक्नु भएको छ । त्यसैले मेलामा दर्शकको घुइचो छ बुटवल उद्योग वाणिज्य संघले गर्ने मेलामा छुट्टै परिबेस र ब्यबस्थीत हुन्छ भन्ने कुरामा उहाँहरु ढुक्क हुनुभएकै कारणले दर्शकको भिड दिनदिनै बढेको छ र हामि सफल भएका छौ ।

सुरक्षाको दृष्टिकोणलले पनि सुरक्षा निकायले उच्च सुरक्षाको व्यवस्था गरीदिनु भएको छ  । सुरक्षा निकायका प्रमुखहरु बेला बेलामा आएर अवलोकन गर्नुभएको छ। सुरक्षा निकाय बाट हामिले एकदम सहयोग पनि पाएका छौ ।

हरेक बर्ष मेला महोत्सव हुन्छ यसको मुख्य आसय स्वदेशि उत्पादनलाइ प्रयोग गरौ भन्ने हो । उपभोक्ताको आकर्षण स्वदेशी उत्पादनमा देखिएको छ की बिदेशी स्टलमा ?

बुटवल उद्योग वाणिज्य संघले गरेको मेलामा एकाद स्टल बाहेक नेपालको उत्पादनलाइ नै बढि लिएका छौ बिशेष गरेर हामिले महिला उद्यमिलाइ प्रथमिकतामा राखेका छौ, त्यस्तै कृषि क्षेत्रको उत्पादनलाइ लिएका छौ यहाका गार्मेन्ट त्यस्तै जुत्ता लगायतका स्वदेशी उत्पादन लाइनै हामिले जोड दिएका छौ नेपाली उत्पादनलाइ नै पहिलो प्रथमिकतामा राखेका छौ । र तीनै स्वेदेशी उत्पादन प्रति दर्शक उपभोक्ताको आर्कषण बढी देखिएको छ ।

यस्ता मेलाले पर्यटन प्रवर्धनको निम्ती कस्तो टेवा पुग्छ र?

हामीले लगानि लुम्बिनीमा समृद्धी देशमा भन्ने मुल नारा राखेका छौ पर्यटन प्रवर्धनको निम्ती हामिले एउटा गोष्ठि पनि गर्दै छौ हाम्रो आवस्यकता के छ बुझेर कृषि को बारेमा गर्दैछौ त्यस्तै सेयर बजार सम्बन्धी गरेका थियौ त्यस्तै भोलि मात्र हामिले बुटवल बजार ४ ,५र ६ का वडामा बजार ब्यबस्थापनका कुराहरु देखि लिएर अन्तक्रिया जस्ता कार्यक्रम गर्दैछौ जस्तै हामिले सेल्फी जोन भनेर राखेका छौ त्यो पनि एक चिनारि हो ।हरेक खालका बस्तु तथा सेवाको प्रदर्शनी र प्रबद्र्धन यो मेलाले गर्ने छ साथै नेपाल भ्रमण बर्ष र लुम्बीनी भ्रमण बर्ष सफल बनाउनको लागि पनि यो यो मेलामा मार्फत शन्देश दिदै बिभिन्न कार्यक्रमहरु गरीरहेका छौं ।

मेला ब्यवस्थापन राम्रो होस भनेर अनुगमन समिति बनाउनु भएको छ कतिको प्रभावकारि छ र?

हामि संग दर रेट एउटै छ खाद्य गुणस्तरको को निम्ती अनुगमन समितिले अनुगमन गरिरहेको छ म स्वयमले पनि अर्को ब्यक्ती मार्फत नचिनिने किसिमले अनुगमन गरिरहेको छु मेला ब्यबस्थापनका निम्ती हामिले अनुगमनलाइ अत्यन्त प्रभावकारि बनाएका छौ ।

अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?

मेला एक उत्सवको रुपमा चलिरहेको छ । हामि नयाँ ठाउ नयाँ परिबेशमा मेला चलाइरहेका छौ । बुटवल उद्योग वाणिज्य संघको बिँसौ संस्करणको मेला अवलोकन गरेर औद्योगिक व्यापार मेलामा सहभागी भइदिनु हुन सम्पुर्ण महानुभावहरुलाइ हार्दिक आमन्त्रण गर्दछु । मेलामा पाल्दिनुस अवलोकन गर्दिनुस र त्यसअवसरमा कुनै सुझाव सल्लाह भए हाम्रो मेला सचिवालयमा दिन पनि सक्नुहुन्छ । यहाँहरुको सुझाव सल्लाहले हामीलाइ परिस्कृति भएर अगाडी बढ्ने मौका मिल्नेछ । यसका साथै कला संस्कृतिको जर्गेना गर्ने उद्येस्यले कलाकारहरको प्रस्तुती मम्मी डान्स, वक्तित्व कला प्रतियोगीता, गायन नृत्य, जस्ता प्रतियोगीताहरु गरीरहेका छौ । एक पटक मेला आइदिनुस कला संस्कृतिको आनन्द पनि लिनुस भन्न चाहान्छु ।

प्रकाशित मिति : बिहिबार, पुस १७, २०७६ , ११:५३ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2024 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology