प्याब्सन प्रदेश पाँचद्वारा अपाङ्ग आश्रममा सिरक हस्तान्तरण


बिहिबार, पुस २४, २०७६

प्याब्सन प्रदेश पाँचद्वारा अपाङ्ग आश्रममा सिरक हस्तान्तरण

बुटवल ।
निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपालप्याब्सने प्रदेश नम्बर पाँचले बुटवल देवीनगरस्थित नेपाल अपाङ्ग आश्रममा न्यानो कपडा वितरण गरेको छ । प्याब्सनको २९ औं स्थापना दिवसको अवसरमा आश्रममा आश्रितहरुलाई जाडोको न्यानो कपडा वितरण गरिएको हो
प्रदेश नम्बर पाँचकी सांसद थानकुमारी थापाले आश्रमका अध्यक्ष डोलबहादुर रामजामलाई हस्तान्तरण गर्नुभयो । पाँच थान सिरक, चिनी र खाद्य तेललागतका सामग्री हास्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै सांसद थापाले सबैको साथ र सहयोगबाटै आश्रमहरु चल्ने भन्दै सहयोग आवश्यक रहेको बताउनुभयो । उहाले प्रदेश सरकारले पनि यस्ता अपाङ्ग र आश्रममा बस्नेहरुका लागि सहयोग गर्नपर्नुेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्यायले आफूले समय समयमा यस्ता सहयोगहरु गर्दै जाने बताउनुभयो । प्याब्सन प्रदेश पाँचका कार्यवहाक अध्यक्ष अध्यक्ष खेमेन्द्र रानाको अध्यक्षता, कार्यक्रम संयोजक लालहरि पाण्डेको स्वागत तथा सचिव कृष्णप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।।

प्रकाशित मिति : बिहिबार, पुस २४, २०७६ , ८:३२ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology