लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण


आइतवार, पुस २७, २०७६

लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण

बुटवल
बुटवल लक्ष्मीनगरमा लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले जाडो बढ्दै गएपछि विद्यार्थीलाई न्यानोका लागि स्वीटर वितरण गरेको हो । क्वलका अध्यक्ष नेहा अग्रवाललले विद्यालयका प्रधानाध्यापक लक्ष्मी शाही गुरुङलाई विद्यार्थीका लागि सहयोग गरिएका दुई सय स्वीटर हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीका लागि प्रदान गरिएको स्वीटर ग्रहणगर्दै प्रधानाध्यापक गुरुङले चिसो बढ्दै गएको समयमा विद्यार्थीको समस्यालाई ध्यानमा दिएर क्लवले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
उहाँले समयसमयमा गरिने यस्तो सहयोगले विद्यार्थीलाई अध्ययनमा हौसला प्रदान हुने विश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रममा लायन्स क्लवका मल्टिपल काउन्सिल चियर प्रशन सुनिल वझा, डिष्ट्रिक एड्भाईजर पुरुषोतमभक्त प्रधानाङ, क्लवका सचिव प्रविना घिमिरे, डाक्टर शल्मा केसी, पुस्पा कंडेल खरेल, प्रिया कसौधन, कार्यक्रम संयोजक सृजना श्रेष्ठ लगायतले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा सबैको सहकार्य र सक्रियता उत्तिकै हुनु पर्ने बताउनुभयो । कार्यक्रममा लक्ष्मी माविका प्रारम्भीक कक्षादेखि नौ कक्षासम्मका दुई सय विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो ।

प्रकाशित मिति : आइतवार, पुस २७, २०७६ , ९:५० बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology