लक्ष्मी मा.वि मा खेल सप्ताह सुरु


सोमवार, पुस २८, २०७६

लक्ष्मी मा.वि मा खेल सप्ताह सुरु

बुटवल ।
श्री लक्ष्मी माध्यमिक विद्यालय बुटवलले आफनो वार्षिक उत्सवको अवसर पारेर खेल सप्ताहको आयोजना गरेको छ । बुटवल उपमहानगरपालिका वाड नम्बर ४ मा रहेको विद्यालयले अन्तर नगर स्तरीय छात्र भलिबल प्रतियोगिता आयोजना गरेको हो । भलिबल प्रतियोगितामा १० जना विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । खेल सप्ताह अन्तरगत आज अन्तर नगर स्तरीय भलिबल प्रतियोगिता भएको छ भने त्यसको फाइनल खेल भोलि हुने छ । भलिबल प्रतियोगितामा प्रथम हुनेलाई रु ५००० शिल्ड , मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३००० शिल्ड,मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई रु २००० शिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भलिबल प्रतियोगिताका लागि नगद र शिल्ड संहयोग शिव गुरुङ्गले गर्नु भएको छ ।
त्यस्तै माघ २ र ३ गते कक्षा १ देखि १० सम्मका आन्तरिक खेलहरु हुने, माघ ५ गते टोल स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने र माघ ६ गते वार्षिक उत्सवको मूल समारोहमा विद्यालयको वार्षिक उत्सव तथा विभिन्न पुरुस्कार वितरण गर्ने कार्यक्रम रहेको खेल संयोजक विनोद बेल्वासेले जानाकारी दिनु भएको छ । त्यस्तै शिक्षक शान्ति शर्माको संयोजनमा सम्पन्न गरिएको बालवाटिका बुलेटिनको समेत विमोचन गर्ने कार्यक्रम रहेको छ । विद्यालयलले आजै विष्णुदेवी सापकोटाको संयोजकत्वमा खाजा महोत्सव सम्पन्न गरेका छन् भने सन्तोष बलामीको संंयोजकत्वमा भूपु विद्यार्थी मिलन समिति गठन गरेको छ । कार्यक्रम विद्यालयका प्र लक्ष्मी गुरुङ्गको अध्यक्षता,बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसङख्या प्रमुख मित्रमणि खनालको प्रमुख आतित्यथा, शिक्षा प्रमुख टिकाराम पन्थीको विशिष्ठ आतित्यथा, शिक्षक विनोद बेल्वासेको स्वागत र सोही विद्यालयका शिक्षक दिल्ली प्रसाद शर्माको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : सोमवार, पुस २८, २०७६ , ६:४८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology