तिलोत्तमा टिकुलिगढ नमूना महिला आधारभूत विद्यालयमा विद्यार्थीलाई न्यानो लुगा वितरण


मङ्लबार, पुस २९, २०७६

तिलोत्तमा टिकुलिगढ  नमूना महिला आधारभूत विद्यालयमा विद्यार्थीलाई न्यानो लुगा वितरण

 

तिलोत्तमा, ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलिगढ स्थित नमूना महिला आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ । विद्यालयकी शिक्षिका सिता कुमारी थापा र उहाँका श्रीमान सुवेदार ए.बी. थापाले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई न्यानो लुगा सहयोग गर्नुभएको हो ।
विद्यालयमा पढ्न आउने बालबालिकाहरुलाई चिसोबाट राहत मिलोस् भनेर विद्यालयको नामअंकित एकै प्रकारको न्यायो कपडा प्रदान गरिएको शिक्षिका थापाले बताउनुभयो । विद्यार्थीहरुलाई ट्रयाक((सुट वितरण गर्दै समाजसेवी थापा दम्पतीले समाजसेवालाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँहरुले यसअघि अनाथ, असहाय, वृद्धवृद्धा, विपन्न वर्गलाई पनि विभिन्न प्रकारको सहयोग गर्दै आउनुभएको छ ।


पोशाक वितरण कार्यक्रममा विद्यालयका संस्थापक श्यामलाल खरेल, वडा सदस्य तुलसा भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराई, प्रअ अमृता सुनारलगायतले थापा दम्पत्तीको समाजसेवाप्रतिको भावना प्रंशसा गर्नुभयो । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयको गुणस्तर व्यापक सुधार हँुदै गएको बताउँदै उहाँहरुले आफ्ना नानीबाबुलाई सामुदायिक विद्यालय पठाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

प्रकाशित मिति : मङ्लबार, पुस २९, २०७६ , ८:५९ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology