सैनामैना महोत्सव : वडा स्तरिय लोकदोहोरी प्रतियोगितामा वडा नं. ४ बिजयी


बिहिबार, माघ २, २०७६

सैनामैना महोत्सव : वडा स्तरिय लोकदोहोरी प्रतियोगितामा वडा नं. ४ बिजयी

माघ महिनाको दोश्रो बिहिबार दिनभर पानी परेपनि रुपन्देहीको सैनामैनामा जारी चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव निरन्तर सञ्चालन भएको छ ।

प्रतिकुल मौषमका बाबजुद पनि महोत्सव सञ्चालन आएको हो । छाता ओढेर दर्शकहरु महोत्सव स्थलमा पुगेका थिए भने कलाकारले पनि प्रस्तुती दिएका थिए । प्रर्दशनीमा आयोजना गरिएको वडा स्तरिय लोकदोहोरी प्रतियोगितामा वडा नं. ४ बिजयी भएको छ । यस्तै वडा नं. ९ दोश्रो , वडा नं. ११ तेश्रो र वडा नं. ८ सान्तोना हुन सफल भएको छ । प्रतियोगितामा प्रथमलाई २५ हजार , द्धितिय २० , तृतिय १५ , र सान्तोनालाई ५ हजार नगद सहित पुरस्कार प्रदान गरिएको सैनामैना उद्योग वाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिनुभएको छ ।

यस्तै बिहिबार सञ्चालन गरिएको डान्सिङ्ग आईडियलमा ६ जना छनोट भएका छन । बाल गायिका कमला घिमिरे बिहबार आयोजना गरिएको विशेष प्रस्तुती प्रतिकुल मौषम भएपछि स्थगीत भएको छ । घिमिरेको प्रस्तुती माघ ५ गते हुने आयोजकले जानकारी दिएको छ । यस्तै बिहिबार कलाकार दिप मगर र सिलु भट्टराईले पानी परिरहँदा दर्शकलाई छमछमी नचाएका थिए । शुक्रबार कलाकार चन्द्र शर्मा , कुलेन्द्र विक, महोन खड्काको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा निर्माणाधिन बहुउद्देश्यीय रंगशालमा मुर्गियामा सञ्चालन गरिएको महोत्सवमा ५करोड सम्मको कारोबार हुने लक्ष्य राखिएको छ । मेला अवधिसम्म २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २, २०७६ , ९:०३ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology