इस्मा जडिबुटी उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउन प्रदेशले योजना गरेको छ :मन्त्री गिरी


बिहिबार, माघ २, २०७६

इस्मा जडिबुटी उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउन प्रदेशले योजना गरेको छ :मन्त्री गिरी

जनता टुडे गुल्मी ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश ५ ले पहिलो जडिबुटी उद्यान संचालनमा ल्याएको छ । गुल्मीको इस्मा गाउँपालिका ५ अन्र्तगत रजस्थलको राधाकृष्ण टोलमा सुचना केन्द्र भवन सहित उक्त जडिबुटी उद्यान निर्माण गरिएको हो
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन निर्देशनालय र डिभिजन वन कार्यालय गुल्मीको सहयोगमा एक करोडको लागतमा जडिबुटी उद्यान निर्माण गरिएको हो ।आज प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले इस्मा जडिबुटी उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा अगाडी बनाउने उदेश्यका साथ प्रदेशले योजना समावेश गरेको बताउनु भयो ।
उहाँले गाउँमा प्रदेशकै नमुना काम थालिएकाले गाउँबाट नै कृषि र पर्यटन मार्फत मुलुकको समृद्धि प्राप्त हुने दावि गर्नु भयो । कार्यक्रममा प्रदेश सभा सदस्य खडग केसीले यो उद्यान भुगोलले इस्मा गाउँपालिकामा परे पनि यो सवै स्थानीय तहहरुको साझा सम्पती भएको बताउनु भयो ।
देसाल पुज्ने सार्कीपाटा सामुदायिक वनको २.५४ हेक्टर क्षेत्रफलमा फैलिएको जडिवुटि उद्यानमा अगरउड, रुद्राक्ष, एभोकाडो, टिमुर लगायतका २८ प्रजातिका ११ सय भन्दा बढी बहुमुल्य रुखका बिरुवा तथा जडिबुटी रोपिएको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनु भएको छ । यो उद्यानको उदेश्य मध्ये पहाडी क्षेत्रमा पाइने बढी व्यबसायीक महत्व भएका जडिबुटी तथा गैरकाष्ट वन पैदावारको प्रदर्शन एव सुचना प्रवाह गर्ने र निजि क्षेत्रसंगको सहकार्यमा जडिबुटी र गैरकाष्ठ वन पैदावरको ब्यावसायीकरण तथा पर्यटनमा सहयोग पु¥याउने रहेको सापकोटाले बताउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले जडिबुटी उद्यानको सदुपयोग र संरक्षणमा सवैको चासो र सहयोग उत्तिकै आवश्यक रहेको बताउनु भयो । ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जडिवुटि उद्यानसहित निर्माण गरिएको सूचना केन्द्र भवन, मन्दिर, नर्सरी र अन्य संरचनाहरुको निर्माणले इस्माको संमृद्धिमा थप टेवा पुग्नेमा पालिकाले विश्वास लिइएको बताउनु भएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ २, २०७६ , ९:३७ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology