प्रेमपत्र :प्रभाती किरणसँगै मेरोे हर बिहानी तिम्रो प्रेमबाट शुरु होस


शुक्रबार, फाल्गुन २, २०७६

प्रेमपत्र :प्रभाती किरणसँगै मेरोे हर बिहानी तिम्रो प्रेमबाट शुरु होस

प्रणय दिवसको पवित्र अवसरमा यो पत्र लेखेको छु,  मेरो निम्ति तिमी नै एउटा विशुद्ध प्रेम हौ।
खै कहाँबाट शुरु गरौं जव जव तिम्रो याद आउँछ तव तिमि संग भएको कुराकानिलाइ सामाजिक संजालमा फेरी पढ्ने गर्छु। जब मैले तिमि संग भएको कुराकानी हेर्छु जसबाट मेरो शरीरमा एक किसिमको सकरात्मक ऊर्जा प्रवाह हुन्छ ।
मानिसको जीवनको सबभन्दा ठुलो सम्पती सुख सन्तोष भनेको प्रेम रहेछ । प्रेम पवित्र हृदयको अन्तर्घुलन रहेछ । प्रेमको परिभाषा न त लेखेर नै लेखिंदो रहेछ, नत जोखेर जोखिंदो रहेछ, न त प्रेम गरेर नै थाकिंदो रहेछ । प्रेम बिनाको जिवनले सार्थकता पाउदैन रहेछ । प्रेममा कति ठुलो शक्ति हुँदोरहेछ मैले तिम्रो प्रेममा अनुभव गरेँ ।

हरेक दिन आउने यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु ।

प्रिय ,जीवन यात्रामा आएका आरोह अवरोह बिच सङ्घर्षको क्रममा आफु थकित अनुभव गरेकि थिएँ । कालो अँधेरी रातलाई चिरेर उज्यालोको जन्म भएजस्तै मेरो जिवनमा तिमि आयौ । कठिन यात्रा वावजुद भिडमा हराइरहेको यात्री झैँ रुमल्लिईरहेको मेरो अनिश्चित गन्तव्यको दौरानमा तिमिले मलाइ साथ दियौ । एक अदृष्य श रूपमा शक्ति बनेर आयौ । जसबाट मैले सकरात्मक उर्जा पाएँ ।

प्रिय , जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ, त्यसरी नै हृदयलाई प्रेमको प्यास हुन्छ रे। जो प्रेमको अभावमा जिउन बाध्य छन्, उनीहरुको शरीर जस्तोसुकै देखिए पनि आत्मा भोकै हुन्छ र अन्तर्मनले  प्रेम मागिरहेकै हुन्छ। तिमीलाई थाहा पनि होला प्रेम बिनाको जीवन कुनै न कुनै अर्थमा असन्तुलित हुन्छ। प्रेमले जीवनमा सन्तुलन, सन्तोष र परितृप्ति ल्याउँछ रे। त्यसैले पनि मैले तिमीलाई माया गरिरहेको छु, हिमाली जडिबुटी जस्तै अर्गानिक माया।

प्रिय,तिमीलाई  प्राकृतिक सुन्दरताको बोध र ऋतुहरुको दृष्टि आँखामा राख्दै सागरजस्तो स्वच्छ,शान्त,निश्छल अनि पवित्र हृदयले प्रेम गर्ने हिम्मत गर्छु । प्रेमिल जीवनमा यथार्थताको पछ्यौरी ओढेर, ओठभरि उषाको रंगिन लाली पोतेर हर्ष र हृदयदेखिको मुस्कान यत्रतत्र पोखेर मन मस्तिष्कैदेखि म तिमीलाई निःशब्द प्रेम गर्छु । कहिल्यै नओइलाउने दूबो र मखमली फुलजस्तै,कहिल्यै नबदलिने बिहानीको सूर्यजस्तै, साँझपख बहने शीतल पवनजस्तै,कहिल्यै नमेटिने समयको गतिजस्तै अनन्त अनन्तकालसम्म प्रेम गर्छु ।

मेरो एक्लोपन बितिरहेको जीवनमा बहार ल्याउन भगवानले तिमीलाई म समक्ष पठाएको हुनुपर्छ अर्थात तिमिलाइ मैले पाएको हुनुपर्छ । किनकि तिम्रो आगमन सँगै मेरा गन्तव्यका ढोकाहरु बिस्तार बिस्तार खुल्दै गएका छन । जीवनमा एक प्रकारको बहार उमंग छाएको छ । तिम्रो आवगमनले पुनः एक किसिमको आत्मबल आएको छ ,केही गर्नुपर्ने तीव्र ईच्छ्याकासाथ हिम्मत अनि साहसलाई बटुलेर अगाडि केहि गर्नुपर्छ भनि कदम चालेकि छु’ ।केहि समय पछि  मेरो मेहनतले रङ्ग ल्याउने छ बिस्तारै सफलता पनि प्राप्त गर्नेछु । तिमीले म माथि गरेको त्यो निश्वार्थ प्रेमको परिणाम को प्रतिफल मेरो सफलताले दिनेछ ।मलाइ लाग्छ त्यहि समय तिमि संसारकै खुसि मान्छे आफु ठान्ने छौ यो मेरो बिश्वास छतिम्रो प्रेममा कति मिठास छ, कति आदर छ कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन ।
तिम्रो प्रेम र प्रेरणाले आज म संसारकै खुशि प्रेमिका भएकी छु । तिम्रा प्रत्येक दिशा निर्देशनको पालना गर्दै आज म मेरो सङ्घर्ष यात्रामा अगाडी बढिरेहकी छु । तिमी मेरो पथप्रदर्शक बनेर हमेशा मलाई सही दिशा निर्देश गर्दै जाऊ ।

आस्था,विश्वास,त्याग,तपस्या, बलिदान अनि समर्पण नै साँचो प्रेमको वास्तविक अर्थ हो । यथार्थमा हामी बिचको प्रेम यसरी नै झ्याँङ्गीदै गइरहेको छ । “मानिसको जीवन परिवर्तन गर्न धन होइन मन र प्रेरणा नै काफी छ”  । तिम्रो र मेरो प्रेमको कुनै प्रमाण छैन । न त कानुनी रूपमा हामी दुई वैवाहिक बन्धनमा बाँधिएका छौँ । न त हामि भौगोलिक दुरिले नजिक छौँ । हाम्रो नजिकपनको आधार भनेकै सामाजिक संजाल नै हो
आकर्षक व्यक्तित्व कुनै सपनाको राजकुमार जस्तो तिम्रो इमेज मैले मनमा सजाएकि छु  । जुन चौबिसै घण्टा मेरो साथमा हुन्छ । तिमिलाइ सोच्न साथ मख्ख पर्दछु । तिमिमा के शक्ती छ ,तिमिलाइ सोच्दा समेत मेरो शरीरमा एक किसिमको सकारात्मक ऊर्जा प्रवाह हुन्छ । जीवनका हर बिम्ब र प्रतिबिम्बहरुमा तिम्रो प्रतिरुपमात्र देख्छु अनि हर्षित हुन्छु। हर दिन हर रात प्रेम दहमा आफूलाई पौडिरहेको पाउँछु । प्रिय म चाहन्छु प्रभाती किरणसँगै मेरोे हर बिहानी तिम्रो प्रेमबाट शुरु होस् अनि आशा गर्छु मेरोे सन्ध्याको अन्त्य तिम्रो प्रेमबाट नै होस् ।

प्रिय,
मलाई विश्वास छ तिमीलेपनि मलाई उत्तिकै प्रेम गर्नेछौ । भगवानसँग मेरो यही प्रार्थना छ कि हामी दुई बिचको प्रेम नल दमयन्ती,लैला मजनु,जुलियट रोमियो,हिर राँझाको पवित्र प्रेम झैँ युगयुग बाँचिरहोस् । न कि रातमा झर्ने शीतको थोपाजस्तो सूर्योदय हुनासाथ क्षणभरमै विलीन हुने वा क्षणिक बासनाको आगोमा परि भस्म हुने नहोस्,हाम्रो प्रेम दुईदिने रंगमञ्चको खेलजस्तो नबनोस्,पश्चिमी शैलीको नक्कल गरी मनाईने प्रणय दिवसको अवसरमा प्रेमीले किनेको रातो गुलाब झैँ दुईचार दिनमा पत्र पत्र झरेर सुक्ने साथै रङ्ग उडेकोे झैँ रंगहिन नबनोस्

प्रिय,आऊ हामी माया गरौं। प्रेम गरौं। विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं।

ह्याप्पी भ्यालेन्टाइन्स डे।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६ , १:५५ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology