काठमाडौं- भारतको तमिलनाडुमा बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु भएको छ ।
सडकमार्ग हुँदै कन्याकुमारीबाट राजस्थान जाँदै गरेको दुई बस ठोक्किएपछि दुर्घटना भएको भारतीय अनलाइन द न्युज मिनेटले जनाएको छ ।
दुर्घटना भएको बसमा ३४ जना नेपाली रहेको बताइएको छ ।
बस चालकले बस मोड्न खोज्दा अर्को लेनबाट आएको बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्