बुटवलमा हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवको आयोजन हुदै छ ? यसको तयारी कसरी बढ्दै छ मेलाको समग्र पक्षको ब्यबस्थापन कसरि हुदैछ त र? यसै सन्दर्भमा प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्मासंग फूलु सुनारले गरेको संक्षिप्त कुराकानी
पहिलो मेलाको तयारी कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
‘मेहनत सृजना उत्पादन र वस्तु : मेरै नेपालको’ भन्ने मुख्य नाराका साथ बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव गर्दैछौ। स्वदेशी उत्पादन,उद्यमी,उद्यम र उपभोक्ता बिचमा पुलको काम गर्ने उदेस्यले आयोजना गर्न लागिएको मेला बुटवल उपमहानगर ११ स्थित देविनगरमा हुँदैछ । अहिले मेला स्थलमा सचिवालय गठन गरी तयारी अगाडी बढाएका छौं । मेलालाइ व्यवस्थित बनाउन बिभिन्न महिला समिति उपसमिति गठन गरी काम गरीरहेका छौं । मेला स्थल पुग्न आम उपभोक्तालाइ सहज होस भनेर सहुलियत भाडादरमा यातायातको व्यवस्थापन गरेका छौं । मेला अवलोकन, तथा आवत जावतमा कुनै समस्या नहुँने गरी व्यवस्थापनमा जुटेका छौं ।
स्टल दर्ताको काम अगाडी बढीरहेको छ । महोत्सवमा ३ सय भन्दा वढि स्टलहरुको सहभागिता रहनेछ । आम नागरिकहरुलाइ यो मेला उत्साह र पर्वका रुपमा सफल पार्नको निम्ती हामिले अनुरोध गरेका छौ यो बुटवलको देबिनगरमा मेला लगाउदै गर्दा त्यहाका जनसमुदाय धेरै उत्साहित हुनुभएको पाएका छौ। यो मेला मात्र नभै उद्यमी र उद्योगिको बिचमा पुलको रुपमा लिएर नेपाली उद्योगिले उत्पादन गरेका बस्तुहरु स्वदेसमै स्वतस्फुर्त रुपमा जनता माझ प्रस्तुत गर्ने अवसरको रुपमा लिएका छौ । महोत्सवलाई रचनात्मक ढंगले संचालन गरिने छ।
विभिन्न संघ सस्थाले महोत्सव गरेका छन तपाइँ हरुको संस्थाले पनि अहिले पहिलो पटक मेला आयोजना गर्नु भएको छ यो मेला मा नयाँपन के छ ?
विशेष महिला उद्यमिले संचालन गरेको मेला नै नयाँ कुरा हो ।महिलाहरुले सञ्चालन गरेका र प्रविधि सहित आउने उद्योगहरुलाई निशुल्क स्टलको व्यवस्था मिलाईएको छ । यो मेलाम महिलाहरुको उधोगलाइ अलि प्रोत्साहन गर्ने आधुनिक किसिमको प्राविधि सहित मेला संचालन गर्दै छौ । त्यस्तै नेपाल सरकारले भ्रमण बर्ष मनाइरहेको अबस्थामा हामीले पनि यस मेला बाट अलि पृथक गरौं भन्ने सोच अनुसार अगाडि बढेको छौ ।महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ । पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल घरेलु तथा साना उद्योग महासघ आफैमा देशको निजि उद्यमीहरुको छाता संगठन हो । जस भित्र उद्यम गरिरहेका महिलाहरुको छुट्टै महिला समिति बनेको र सोहि समितिले महोत्सवको आयोजना गरेको छ ।
ब्यानरमा पनि भ्रमण वर्षको लोगो समेट्नु भएको छ यस्ता मेलाले पर्यटन प्रवर्धनको निम्ती कस्तो टेवा पुग्छ ?
सरकरले नै नेपाल भ्रमण बर्ष र लुम्बीनी भ्रमण बर्ष सफल बनाउनको लागि बिभिन्न कार्यक्रम गरिेको छ हामिले पनि हाम्रो पम्पेल पर्चा ब्यानरहरुमा भ्रमण बर्षको लोगो समाबेस गरेका छौ हरेक खालका बस्तु तथा सेवाको प्रदर्शनी र प्रबद्र्धन यो मेलाले गर्ने छ ।
महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने छन् यसले पनि पर्यटन टेवा पुग्नेछ ।स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने छ ।
यहाँहरुले आयोजना गर्ने मेलामा महिला उद्यमी को उत्पादन मात्रै प्रदर्शन को निम्ति राख्नु हुन्छ?
महिला उद्यमीले आयोजना गरेपनि सबै उद्यमीको उत्पादनलाइ समेट्नेछौ तर हामिले महिला उद्यमीको उत्पादनलाइ बढि फोकस गरेका छौ ,यहा घरेलु उद्योगमा दर्ता भएका सबै महिला उद्यगीहरुलाइ आउन सक्नुहुन्छ, महिलाहरुलाइ उद्योग ब्यवसायमा लाग्नको लागि केहि फाइदा होस भन्ने हिसाबले महिलाको उत्पादनलाइ अलि बढी केन्द्रीत भएपनि सबैलाइ समेट्छौ सबैले यस मेलामा सहभागिता जनाउन पाउनुहुनेछ । यस मेलामा हामि १२ जिल्लाका महिला उद्यमीलाइ एकै ठाउमा जम्मा हुदैछौ ।एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य छ जहां ३ सय वढि स्टलहरुको सहभागता रहने र महोत्सवलाई रचनात्मक ढंगले संचालन गरिने छ ।
यस अघि पौष महिनामा पनि यहि स्थानमा मेला लागेको थियो आवतजावतमा समस्या हुने गरेको कुरा सर्बसाधरण बाट पनि आयो यसलाइ कसरि ब्यबस्थापन गर्नुहुन्छ ?
यस बिषयमा हामि धेरै संबेदनशिल छौ शुरक्षा निकाय संग छलफल – मेला सञ्चालन गर्नको लागि शुरक्षा निकायका प्रतिनिधी संगपनि छलफल भएको छ । र हामि आम दर्शक लाइ सहज रुपमा आवत जावत गर्नको निम्ती ब्यबस्थीत ढगंले यसको ब्यबस्थापन गर्दैछौ यस अघिको मेलामा जे जस्तो सेवा सुबिधा थियो संग अहिलेको मेलामा पनी त्यो सेवा सुबिधा उपलब्ध हुन्छ टोल समितिका प्रतिनीधि,जनपप्रतिनीधि एव बिभन्नि संघ सस्था संग पनि छलफल गरेका छौ उचित ब्यबस्था गर्छौ
अन्त्यमा ?
यहाँको मिडीया मार्फत फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको मेलामा सहभागी भइदिनु हुन सम्पुर्ण महानुभावहरुलाइ हार्दिक आमन्त्रण गर्दछु । हामिले आयोजना गरेको पहिलो मेलामा पाल्दिनुस अवलोकन गर्दिनुस र त्यसअवसरमा कुनै सुझाव सल्लाह भए हाम्रो मेला सचिवालयमा दिन पनि सक्नुहुन्छ । यहाँहरुको सुझाव सल्लाहले हामीलाइ परिस्कृति भएर अगाडी बढ्ने मौका मिल्नेछ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्